site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्वोच्चको आदेशपछि वीरमा फर्किए डा. पौडेल, आजैदेखि पदभार सम्हाल्ने 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको निर्देशक पदबाट हटाएका डा. सन्तोष पौडेल सर्वोच्च अदालतको आदेशसँगै पुर्नबहाली भएका छन् । उनले आजैदेखि पुनः वीरको निर्देशक पद सम्हाल्ने भएका छन् । 

मंगलबार न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । 

सर्वोच्चको आदेशपछि आफू आजै अस्पताल पुगेर कार्यभार सम्हाल्ने डा. पौडेलले बाह्रखरीसँग बताए । 

डा. पौडेल नेकपा (एमाले)का सदस्य र जनसंगठनका महासचिव पदमा क्रियाशील रहेको उजुरी परेको थियो । सोही उजुरीउपर राष्ट्रिय सतर्कता केन्द्रले उनको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने देखिएकाले कानुनबमोजिम कारबाहीका लागि मन्त्रालयलाई सिफारिस गरेको थियो । 

मन्त्रालयले डा. पौडेललाई वीरको निर्देशकको पदीय जिम्मेवारीमा नरहने भन्दै अर्को निर्णय नहुन्जेलसम्म मंसिर १५ गतेदेखि मन्त्रालयमा उपस्थित हुन पत्राचार गरेको थियो । 

मन्त्रालयको सो निर्णयविरुद्ध उनी आफ्नो पूरा कार्यकाल पदमा रहन पाउनुपर्ने भन्दै सर्वोच्च पुगेका थिए । डा. पौडेल २०७९ फागुनमा दुई वर्षे कार्यकालका लागि वीरको निर्देशक नियुक्त भएका थिए ।  

यस बीचमा वीरको निमित्त निर्देशकको जिम्मेवारी सहनिर्देशक डा. श्रवणकुमार थापाले सम्हाल्दै आएका थिए  । 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro