site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निजी स्वार्थ पूरा गर्न सरकारी सिमेन्ट उद्योग बन्द गर्नु हुँदैन : सचेतक बर्तौला

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न सरकारी सिमेन्ट उद्योग बन्द गराउने खेल भएको बताएका छन् । 

मंगलबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै सिमेन्ट उद्योगमा विज्ञ नेतृत्व नहुँदा व्यवसायिक योजना नभएको उनले बताए । 

Dabur Nepal
NIC Asia

“सम्बन्धित विषयमा विज्ञ मात्र सोही क्षेत्रमा पठाऊ । अहिले हेटौँडा सिमेन्टको महाप्रबन्धक कृषिको विज्ञ हुनुहुन्छ,” उनले भने, “राजनीतिक स्वार्थ राखेर उद्योगको विकास हुँदैन ।”

अहिले सरकारले उद्योग बन्द हुने स्थितिमा पुग्नुमा स्वार्थ समूह हाबी हुन पुगेको उनले बताए । 

“अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगमा साढे दुई लाख बोरा स्टक छ । बजारमा किन पठाइएन ? उत्पादन क्षमता भएन भनेर किन हात बाँधेर बस्छौँ हामी ?,” उनले भने । 

निजी कम्पनीले सिमेन्टको कच्चा पदार्थ उत्पादन हुने खानी राजनीतिक नेतृत्वको आडमा हडप्न खोजेको पनि उनले बताए । आवश्यक परेको समयमा सबै बाहिर ल्याउने उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro