site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यो वर्ष जाडो कति हुन्छ ? मौसमविद् भन्छन्– १९८१ यताकै तातो वर्ष हुने पूर्वानुमान छ
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । यो वर्ष ४१ वर्षयताकै तातो हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष सन् १९८१ यताकै तातो हुने पूर्वानुमान गरेको हो ।

डिसेम्बर, जनवरी र फेब्रुअरीमा दक्षिणी अर्थात् तराई र पूर्वी भू–भागमा तापक्रम बढ्ने विभागले जनाएको छ । मौसमविद् सुदर्शन हुमागाईंका अनुसार यो वर्ष अधिकतम र न्यूनतम दुवै तापक्रम बढ्नेछ । 

“गण्डकी, कर्णाली र सुदूरपश्चिमका उत्तरी भू–भागमा भने तापक्रम केही कम हुनेछ,” मौसमविद् हुमागाईंले बाह्रखरीसँग भने ।

KFC Island Ad
NIC Asia

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पूर्वी तथा दक्षिणी, गण्डकी प्रदेशका पश्चिमी तथा दक्षिणी, वाग्मती प्रदेशका मध्य तथा दक्षिण–पश्चिमी र मधेस प्रदेशको पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको पश्चिमी, कर्णाली प्रदेशका मध्य तथा उत्तरी, वाग्मती प्रदेशको उत्तरी र कोसी प्रदेशका अधिकांश भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । गण्डकी प्रदेशको उत्तर–पूर्वी र मधेस प्रदेशको पूर्वी भू–भागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

“सरदर देशभर तापक्रम केही बढी हुनेछ । हामीले बर्सेनि भोगिरहेको तापक्रमभन्दा केही बढी तातो हुने हाम्रो पूर्वानुमान छ । समग्रमा जनवरीदेखि नोभेम्बरसम्म २०२३ धेरै तातो वर्षमध्येको एक हुनेछ,” उनले भने ।

Royal Enfield Island Ad

यो वर्षको जाडो सिजनमा न्यूनतम तापक्रम कति डिग्री सेल्सियससम्म पुग्छ भनेर अहिले नै भन्न नसकिने उनले स्पष्ट पारे । तर, औसतमा तीन महिनाको तापक्रमको पूर्वानुमान गर्दा विगतका वर्षको तुलनामा चिसो कम हुने मौसमविद् हुमागाईंले बताए ।

“हामीले तीन महिनाको आकलन गर्दा सरदर औसत तापक्रम कति हुन्छ भनेर हेर्ने हो । तापक्रम घटेर शून्यमा झर्ने, माइनसमा जाने वा दुई अथवा तीनमा बस्ने त्यो दैनिक मापन हुने तापक्रम हो । त्यो घट्न वा बढ्न पनि सक्छ,” उनले भने, “दैनिक मौसम र तापक्रमको मापन धेरै वा थोरै हुनसक्छ । तर, हामीले औसत तीन महिनाको पूर्वानुमान गर्ने हो ।”

कुनै दिन यसअघिका वर्षमा भन्दा कम तापक्रम मापन गरिए पनि त्यसलाई गत वर्षभन्दा चिसो भयो भन्न नमिल्ने उनको भनाइ छ । कुनै एकदुई दिनको तापक्रम कति कम वा बढी भयो भन्ने कुराले भन्दा पनि औसतमा कति रह्यो त्यसका आधारमा सिजनको सरदर तापक्रम निकालिने उनले जानकारी दिए ।

“गत वर्ष पनि विभागले ‘एभोव नर्मल टेम्प्रेचर’ हुन्छ भनेका थियौँ । हिउँद महिनामा सरदर तातो हुन्छ भनेका थियौँ । हामीले त्यस्तै तापक्रम रेकर्ड गर्‍यौँ,” उनले भने, “गत वर्षसँग अंकमा तुलना त भएन, तर तुलनात्मक रूपमा लामो अवधिको औसत तापक्रम हेर्दा गत वर्षको भन्दा यो वर्ष तातो हुन्छ भन्ने पूर्वानुमान हो ।”

यसैबीच, यो हिउँदमा सरदरभन्दा बढी वर्षा हुने विभागले जनाएको छ । मंसिर १५ देखि फागुन १७ गतेसम्मको तीन महिनाको हिउँद अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी र कर्णाली प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी, कर्णाली प्रदेशको दक्षिणी, लुम्बिनी प्रदेशको पूर्वीबाहेकका भू–भाग, गण्डकी, वाग्मती प्रदेशका उत्तर–पश्चिमी र कोसी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

सुदूरपश्चिम प्रदेशको पश्चिमी, लुम्बिनी प्रदेशको पूर्वी, वाग्मती प्रदेशका मध्य तथा दक्षिणी, मधेस प्रदेशको पश्चिमी र कोसी प्रदेशको उत्तर–पश्चिमी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

कोसी प्रदेशको दक्षिणी र मधेस प्रदेशका मध्य तथा पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको अवस्था, जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको पूर्वानुमानका आधारमा तापक्रम र वर्षाको अनुमान गर्ने गरिएको विभागले जनाएको छ ।

नेपालको हिउँदको समयमा जलवायुमा प्रभाव पार्ने पूर्वीप्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुईध्रुवीय प्रणाली (इन्डिया ओसन डाइपोल : आईओडी)को हालको अवस्था तथा जलवायु प्रारूपको हिउँद अवधिको आकलन र अन्तरऋतु परिवर्तनशीलताका कारकलाई अध्ययन गरेर पूर्वानुमान गर्ने गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro