site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोटरसाइकल 'चोरेर नम्बर परिवर्तन गरी चलाउने' युवक पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले सोमबार काठमाडौंको टोखाबाट नुवाकोटको दुप्चेश्‍वर गाउँपालिका–७ का २८ वर्षीय मानबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काठमाडौंको भीमसेनस्थानबाट वाग्मती प्रदेश ०२–०३६ प ५१ ९२ नम्बरको मोटरसाइकल हराएको निवेदन परेको थियो ।

वास्तविक नम्बर परिवर्तन गरेर वाग्मती प्रदेश ०२–०३८ प ६७ १६ नम्बर राखेर चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले मोटरसाइकलसहित फेला पारेर तामाङलाई नियन्त्रणमा लिएको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न आग्रह गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिन्छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro