site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेफिल्डविरुद्ध चेल्सीको जित, क्रिस्टल प्यालेससँग रोकियो सिटी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले सेफिल्ड युनाइटेडविरुद्ध २–० को जित निकालेको छ ।

शनिबार राति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीलाई जित दिलाउन कोल पाल्मेर र निकोलस ज्याक्सनले गोल गरे । घरेलु टिमलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि सेफिल्डले दोस्रो हाफमा दुई गोल बेहोरेको थियो ।

५४औँ मिनेटमा पाल्मेरले गोल गर्दै चेल्सीलाई अग्रतामा राखेका थिए । ६१औँ मिनेटमा ज्याक्सनले गोल गरेपछि चेल्सीले अग्रता दोब्बर बनाएको थियो ।

जितसँगै १७ खेलबाट २२ अंक जोडेको चेल्सी तालिकाको १०औँ स्थानमा उक्लिएको छ । समान खेलबाट आठ अंक जोडेको सेफिल्ड भने तालिकाको पुछारमा छ ।

शनिबार नै भएको अर्को खेलमा गत सिजनको तेहेरो विजेता म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । जारी सिजन स्वभाविक लयका लागि संघर्षरत तेस्रो बराबरी हो ।

तालिको चौथो स्थानमा रहेको सिटीले १७ खेलबाट ३४ अंक जोडेको छ । समान खेलबाट १७ अंक जोडेको क्रिस्टल प्यालेस तालिकाको १५औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro