site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित न्यायाधीश सुवेदीलाई प्रश्न : आरती साहको परिवारको जस्तै फैसला आयो भने के गर्नुहुन्छ ?

काठमाडौं । प्रस्तावित न्यायाधीश शारंगा सुवेदीको संसदीय सुनुवाइ जारी छ । संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उनलाई अगामी योजनाबारे प्रश्न गरिरहेका छन् । 

एमालेका प्रमुख सचेतक पदम गिरीले बाजेको पालाको मुद्दा नातिको पालामा लड्नुपर्ने अवस्थाको हल कसरी गर्ने सोच्नुभएको छ भनि प्रश्न गरे । उनले न्यायालय स्वच्छ छैन, विचौलिया छन् भन्ने विषयमा सुवेदीको धारणा सोधे । 

Dabur Nepal
NIC Asia

त्यस्तै, एमालेका सचेतक महेश बर्तौलाले न्यायिक विचलनका विषयमा उठेका जनधारणा कसरी कम गर्नुहुन्छ भनि प्रश्न गरे । “न्यायलयमा जनआशा डगमगाएको छ । न्यायिक विचलन छ । अदालत न्याय खरिद–बिक्री हुन्छ भन्ने छ, जनविश्वास घट्दो छ । जनमानसमा न्यायालयको धारणाप्रति कम गर्नुहुन्छ ?,” उनले सोधे । 

नेपाली कांग्रेसका सांसद जीवन परियारले मुद्दा लड्न नसक्नेहरूलाई कसरी सर्वसुलभ बनाउन सकिन्छ भन्ने प्रश्न गरे । एमालेकी सांसद ईश्वरी घर्तीले आरती साहको जस्तै फैसला आयो भने के गर्नुहुन्छ भनि प्रश्न गरिन् । 

“आरती साहको फैसला तपाईंले गर्नुभयो । तपाईंको फैसला उल्टियो, महिला, बालबालिकालाई प्राथमिकता भन्नुभयो । तर, उनको परिवारको जस्तै फैसला आयो भने के गर्नुहुन्छ ?,” उनको प्रश्न छ । 

कांग्रेसका रमेशजंग रायमाझीले आस्थाको केन्द्र भनिएको अदालतमा न्याय महँगो भएको बताए । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले पनि आरती साहको विषयमा विषयमा प्रश्न गरे । 

“आरती साहको मुद्दा सर्वोच्चबाट पुनरावलोकन भयो । ३३ किलो सुन कान्डमा पनि प्रश्न छ,” उनको प्रश्न छ, “मेडिकल काउन्सिलले सचेत गराएको छ भने यहाँलाई न्याय परिषद्ले पनि सचेत गराएको छ । यसलाई कसरी लिनुहुन्छ ?”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro