site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
समूह चरणमा सिटीको शतप्रतिशत जित

काठमाडौं । गत सिजनको तेहेरो उपाधि विजेता म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ । बुधबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली रेड स्टारविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै सिटीले अपराजित यात्रा कायम राखेको हो ।

रेड स्टार रंगशालामा सिटीलाई जित दिलाउन मिका ह्यामिल्टन, ओस्कार बब र केल्भिन फिलिप्सले गोल गरे । रेड स्टारका लागि ह्वांग इन बिम र अलेक्जेन्डर कटाईले गोल फर्काए ।

Dabur Nepal
NIC Asia

खेलको १९औँ मिनेटमा ह्यामिल्टनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ६२औँ मिनेटमा बबले टोलीको अग्रता दोब्बर बनाए ।

७६औँ मिनेटमा इन बिमले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा फिलिप्सले पेनाल्टीमार्फत गोल गर्दा सिटी ३–१ ले अगाडि बढ्यो ।

इन्ज्युरी सयमा कटाईले गोल गर्दै रेड स्टारलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

यही समूहको अर्को खेलमा आरबी लाइपजिगले योङ ब्वाइजमाथि २–१ को जित निकाल्यो ।

शतप्रतिशत जितका साथ सिटी १८ अंक जोडेर समूह ‘जी’को शीर्ष स्थानमा रह्यो । पराजित रेड स्टार एक अंकका साथ पुछारमा रहेर बाहिरिएको छ । यो समूहबाट सिटी र लाइपजिग प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro