site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
समूह चरणमा रियाल मड्रिडको शतप्रतिशत जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । कार्लो एन्सेलोट्टीको टोली रियाल मड्रिडले यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ ।

रियालले मंगलबार भएको खेलमा युनियन बर्लिनविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै समूह चरणमा अपराजित यात्रा कायम गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

ओलम्पिस्टाडियो बर्लिनमा सम्पन्न खेलमा रियाललाई जित दिलाउन जोसेलुले दुई र ड्यानी सबाओसले एक गोल गरे । घरेलु टिमका केभिन भोलान्ड र एलेक्स क्रलले गोल फर्काए पनि हारबाट जोगाउन सकेनन् ।

खेलमा पहिले अग्रता भने युनियन बर्लिनले बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा भोलान्डको गोलमा बर्लिनले अग्रता बनाएको थियो । तर, ६१औं मिनेटमा जोसेलुले गोल गर्दै रियाललाई खेलमा फर्काएका थिए । ७१औं मिनेटमा जोसेलुकै गोलबाट रियालले अग्रता दोब्बर बनायो । ८५औं मिनेटमा क्रलले गोल गरेपछि बर्लिन खेलमा फर्किएको थियो । 

Global Ime bank

तर, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा सबाओसले गोल गरेपछि रियालले ३–२ को रोमाञ्चक जित सुनिश्चित गर्यो ।

जितसँगै ६ खेलबाट १८ अंक जोडेको रियालले समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाएको छ । समान खेलबाट दुई अंक जोडेको युनियन बर्लिन भने पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

समूह ‘सी’ मा मंगलबार नै भएको अर्को खेलमा नापोलीले क्लब ब्रागाविरुद्ध २–० को जित निकालेको छ । यो जितसँगै नापोली समूह उपविजेताको रुपमा प्रि–क्वार्टरफाइन्ल प्रवेश गरेको छ । दोस्रो स्थानको नापोलीले ६ खेलबाट १० अंक जोडेको छ । समान खेलबाट चार अंक जोडेको ब्रागा तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement