site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘ग्राउन्ड ह्यान्डलिङ’ विवादको नालीबेली, निगम भन्छ– हामीलाई सिध्याउन खोजिँदैछ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ६१ वर्षदेखि ‘ग्राउन्ड ह्यान्डलिङ सर्भिस’को जिम्मेवारी राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको एकलौटी थियो ।  नेपाल नगारिक उड्डयन प्राधिकरणले ‘प्रतिस्पर्धा’ गराउने निर्णय लिएसँगै निगमको जिम्मेवारी खोसिने सम्भावना बढेको छ ।

निगमले स्थापनाकालदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को काम गर्दै आएको थियो ।  प्राधिकरणले ‘ग्राउन्ड ह्यान्डलिङ सर्भिस’ प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णयसँगै दुई निकायबीच ‘शीतयुद्ध’ चर्किएको छ । 

निगमको स्थापना २०१५ साल भएको थियो र त्यसयता उसको आम्दानीको महत्वपूर्ण स्रोत ‘ग्राउन्ड ह्यान्डलिङ’ थियो । यद्यपि प्राधिकरणले ‘ग्राउन्ड ह्यान्डलिङ सर्भिस’ हकमा सेवा प्रदायक संस्थाको छनोटकोे बोलपत्रसम्बन्धी कागजात तयार पार्न निर्देशक सुनिलकुमार कुशवाहाको नेतृत्वमा समिति गठन गरेर प्रक्रिया अघि बढाइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ग्राउन्ड ह्यान्डलिङ सर्भिस के हो ?

ग्राउन्ड ह्यान्डलिङ सर्भिसमा चेक इन, सामान लोडिङ, मार्सलिङ क्लिनिङ, व्यागेज ह्यान्डलिङ, लोड सिट हिसाब गर्नेलगायतका काम गर्दै आएको छ ।  हाल निगमले दैनिक करिब ५१ वटा अन्तर्राष्ट्रिय उडानहरुको ग्राउन्ड ह्यान्डलिङ सर्भिस दिँदै आएको छ । पुरानो सम्झौताअनुसार, निगमसँगको सम्झौता सन् २०२५ फेव्रुअवरीमा सकिँदैछ ।

Global Ime bank

पछिल्लो समय थप दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ । त्यसको काम पनि निगमले पाएको छ ।  हाल निगमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पोखरा विमानस्थलमा पनि ग्राउन्ड ह्यान्डलिङ सर्भिस दिन्छ । 

तर, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुन सकेको छैन ।  ग्राउन्ड ह्यान्डलिङ निगमबाट खोस्नु भनेको निगमको अस्तित्व सकाउनुसरह भएको निगमका प्रवक्ता रमेश पौडेलले बाह्रखरीसँग बताए । 

‘‘यो ग्राउन्ड ह्यान्डलिङ निगमको मेरुदण्ड हो’’ उनले भने, ‘‘यो निगममा राख्नुपर्छ वा खोस्नुपर्छ भन्नु निगमलाई जोगाउनुपर्छ या मास्नुपर्छ भन्नेसँग जोडेर हेर्नुपर्छ ।”
 
निगमले ग्राउन्ड ह्यान्डलिङमार्फत् वार्षिक करिब पाँच अर्ब रुपैयाँ आम्दानी गर्दै आएको थियो । “ग्राउन्ड ह्यान्डलिङ विषय आइकाओबाट प्रमाणित हो, यसको क्वालिटीमा कुनै पनि शंका गर्ने ठाउँ छैन’’ प्रवक्ता पौडेलले भने, “निगम सक्ने हो भने ग्राउन्ड ह्यान्डलिङ खोस्दा हुन्छ । यदि निगम राख्नुपर्छ भन्ने हो भने ग्राउन्ड ह्यान्डलिङ पनि राख्नुपर्छ ।”

निगमले ग्राउन्ड ह्यान्डलिङमार्फत् वार्षिक करिब पाँच अर्ब रुपैयाँ आम्दानी गर्दै आएको थियो । ग्राउन्ड ह्यान्डलिङ निजीले गर्दा राम्रो र निगमले गर्दा नराम्रो भन्ने व्याख्या राष्ट्रिय हितमा नभएको प्रवक्ता पौडेलले बताउछन् ।

यता नियामक निकाय प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले नियम, कानुनअनुसार ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाबाट दिने निर्णय गरेको बताउँछन् । भुलका अनुसार, प्राधिकरणको नियम, कानुनमा भएको व्यवस्थाअनुसार ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय भएको हो । 

‘विमानस्थल सेवा शुल्क नियमावली २०७८’ ले ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाबाट गराउन भनेको छ । नियमावाली अनुसार प्राधिकरणले खुला प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय गरेको हो । निगमले हाल ‘प्राधिकरण ऐन २०५३’ अनुसार ग्राउन्ड ह्यान्डलिङ सर्भिस दिँदै आएको सह–प्रवक्ता भुलले जानकारी दिए । 

सरकारले नयाँ निमयावली बनाएपछि उक्त नियमावलीको कार्यान्वयन गर्ने प्रतिस्पर्धाबाट गराउने निर्णय गरेको भुलले बताए । “‘प्राधिकरण ऐन २०५३’ मा ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण गर्ने कि अरुमार्फत गराउन भन्ने व्यवस्था छ । हामीले अरुमार्फत गराउने भन्ने ऐन अनुसार निगमले बकौतीको रुपमा गरिरहेको थियो,” भुलले भने, “निमगलाई सक्ने, डुबाउने भन्ने र सक्ने भन्ने कुरा होइन । नयाँ नियमावली आइसकेपछि सोही नियमावलीअनुसार प्राधिकरण निर्णय गरेको हो ।”

प्राधिकरणको निगमबाट ग्राउन्ड ह्यान्डलिङ खोस्ने मनसाय नरहेको भुल बताउँछन् । तर, कानुन अनुसार निगम प्रतिस्पर्धामा सहभागी हुनुपर्ने भुलले बताए ।  उनका अनुसार, हामीले निगमबाट ग्राउन्ड ह्यान्डलिङ खोस्न खाजेको होइन । कानुनअनुसार हुनुपर्छ भनेर प्रतिस्पर्धाबाट दिने निर्णय गरेका हो । 

‘‘प्रतिस्पर्धाबाट निगम नै आउँछ भने प्राधिकरणले रोक्ने कुरा हुँदैन” भुलले भने, “नेपाल एयरलाइन्स प्रतिस्पर्धामा जान कि डराउने ? परीक्षा दिनुभन्दा पहिले नै म फेल हुन्छ भनेर किन डराउने ? प्रतिस्पर्धाबाट आउँदा निगमलाई थप सहज हुन्छ ।” 

३९५ कर्मचारी कार्यरत 

प्रवक्ता पौडेलका अनुसार, ग्राउन्ड ह्यान्डलिङमा ३९५ जना कर्मचारी कार्यरत छन् ।  जसमा स्थायी प्राविधिक १०० र प्रशासनिक १६५ र करार प्राविधिक ५५ जना र प्रशासनिक १ जना एवम् मासिक ज्यालादारीमा प्राविधिक १३ जना र प्रशासनिक ६१ कर्मचारी कार्यरत छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय