site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इन्फिनिक्स होरा ईस्पोर्ट्सको आधिकारिक ईस्पोर्ट्स स्मार्टफोन पार्टनर

काठमाडौं । नेपालमा तीव्र गतिमा लोकप्रिय भइरहेको स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले यहाँको चर्चित ईस्पोर्ट्स टोली होरा स्पोर्ट्ससँग साझेदारी गरेको छ । यो सम्झौतापछि इन्फिनिक्स आधिकारिक रूपमा होरा ईस्पोर्ट्सको आधिकारिक स्पोर्ट्स स्मार्टफोन पार्टनर बनेको हो ।

सञ्जन गौतम ‘सीआर७ होरा’को नेतृत्वमा रहेको टोली अबदेखि इन्फिनिक्स होरा ईस्पोर्टसको नाममा परिचित हुनेछ । टोलीको जर्सी, कन्टेन्ट र लाइभ टुर्नामेन्टहरूमा इन्फिनिक्सको लोगो हुनेछ भने सीआर७ होरा स्वयं नेपालमा इन्फिनिक्सको ग्यामिङ फेसका रूपमा रहनेछन् ।

“यो केवल जर्सीमा लोगो राख्ने कुरा होइन, यो नेपालमा ईस्पोर्ट्स संस्कृति बनाउन र खेलाडीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने बाटो देखाउने प्रयास हो । इन्फिनिक्स हाम्रो यात्राको हिस्सा बनेको छ,” गौतमले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्