site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘कोलम्विया’को नयाँ शाखा नाम्चे बजारमा

काठमाडौं । अमेरिकी आउटडोर ब्रान्ड ‘कोलम्विया’ को नयाँ शाखा सोलुखुम्बुको नाम्चे बजारमा सञ्चालनमा आएको छ ।

नाम्चेमा सञ्चालनमा आएको कोलम्विया तेस्रो शाखा हो । यसअघि ठमेलमा पहिलो र पोखरामा दोस्रो शाखा सञ्चालनमा आएको थियो ।

Dabur Nepal
NIC Asia

नाम्चेमा सञ्चालनमा आएको ‘कोलम्विया’ ब्रान्डको सोरुमको पहिलो खुम्बु आईसफल डा. लाक्पा गेलु शेर्पाले उद्घाटन गरेका थिए ।

हिमालयन आउटडोर प्रा.लि कोलम्विया ब्रान्डको नेपालको आधिकारिक बिक्रेता हो । पदयात्री र हिमाल आरोहणीहरूलाई लक्षित गरेर नाम्चे शाखा सञ्चालनमा ल्याएको कम्पनीकी प्रबन्ध निर्देशक दीकिला शेर्पा लामाले बताइन् ।

“दोस्रो शाखा पोखरामा सञ्चालनमा ल्याएसँगै तेस्रो शाखा तयारी गरिरहेका थियौँ । त्यसबेला हाम्रो ध्यान नाम्चेमा गयो । किनभने नाम्चे सगरमाथाको मुख्यद्वर पनि हो । अर्काेतर्फ, नेपालको ‘टूरिस्ट हव’ पनि हो । पदयात्री, हिमाल आरोहणीहरूलाई लक्षित गरेर नाम्चे शाखा सञ्चालनमा ल्याएका हौँ,” शेर्पाले भनिन् ।

हिमाल आरोहण र अत्यधिक चिसो ठाउँमा आवश्यक पर्ने कपडा तथा सामग्री सहजै उपलब्ध गराउने उद्देश्यले नाम्चे शाखा सञ्चालनमा ल्याएको शेर्पाले बताइन् । कोलम्वियाको पहिलो शाखा सन् २०१७ मा ठमेल र दोस्रो शाखा सन् २०१८ मा पोखरामा सञ्चालनमा आएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro