site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
यी हुन् यस वर्ष गुगलमा धेरै खोजिएका विषय
Sarbottam CementSarbottam Cement

काठमाडौं । गुगलले सन् २०२३ मा सबैभन्दा बढी खोजिएका सूची सार्वजनिक गरेको छ । गुगलका अनुसार विश्वभर समाचारमा यस वर्ष सबैभन्दा धेरै इजरायल र गाजाको युद्धबारे खोजी भएको छ ।

यस्तै, दोस्रोमा टाइटनिक पनडुब्बी दुर्घटना र तेस्रोमा ५० हजारभन्दा बढी मानिसको ज्यान लिने गरी टर्कीमा गएको भूकम्पबारे खोजी भएको छ ।

त्यसपछि हिलारी र इडालिया तुफानबारे धेरै खोजी भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सबैभन्दा धेरै खोजिनेमा अमेरिकी फुटबल खेलाडी डमार ह्यामलिन रहेका छन् । यस्तै, दोस्रो नम्बरमा अमेरिकी अभिनेता जेरेमी रेनर, तेस्रोमा एन्ड्रयू टेट र चौथोमा फ्रान्सका फुटबल स्टार काइलियन एमबाप्पे रहेका छन् ।

सबैभन्दा बढी खोजिने अभिनेतामा जेरेमी रेनर र खेलाडीमा डमार ह्यामलिन नै रहेका छन् ।

Global Ime bank

सबैभन्दा बढी खोजिएको खेलमा हगवार्टस लेगेसी रहेको छ । सबैभन्दा बढी खोजिएका चलचित्रमा बार्बी, ओपेनहाइमर र जवान क्रमशः रहेका छन् ।

बढी खोजिने संगीतकारमा सकिरा, जेसन एल्डियन र जो जोनास क्रमशः छन् । बढी खोजिएको गीत जापानको आइडोरु–योसोबी रहेको छ । गुनगुनाएरै सबैभन्दा बढी खोजिनेमा इम्याजन ड्र्यागनको ‘बोन्स’ रहेको छ ।

सबैभन्दा बढी खोजिने खेल टिममा इन्टर मियामी रहेको छ भने, लस एन्जलस लेकर्सपछि अल नसर तेस्रो नम्बरमा छ ।

धेरै खोजी गरिएका टिभी सोमा दि लास्ट अफ अस पहिलो र वेन्स्डे दोस्रो नम्बरमा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय