site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्यमन्त्री कार्की सवार गाडीमा ‘पहिचानवादी’बाट आक्रमण

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ कार्यकर्ताले आक्रमण गरेका छन् ।

मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो । कार्की सकुशल छन् ।

घटनामा संलग्नको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोज लामाले जानकारी दिए । ढुंगा लागेर मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको उनले बताए ।

एउटा समूहले कालो झन्डा देखाउँदै गर्दा केही ‘स्लो’ भएको गाडीमा अर्को ‘ग्रुप’ले अलि पर पुगेपछि ढुंगा हानेको बताइएको छ ।

पहिचानवादीबाट अवरोध हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि लागुऔषध प्रयोगकर्ता भएर जीवन बरबाद गरिरहेकालाई संरक्षण गर्ने कार्यक्रममा सहभागी हुन गएको मुख्यमन्त्री कार्कीले बताए ।

“लोकतन्त्रमा विरोध गर्नु स्वाभाविक हो । पहिचानवादीका लागि वार्ताको ढोका खुला छ,” उनले बाह्रखरीसित भने ।

fgmmgmgg-1702369757.jpg

जनता समाजवादी पार्टी (जसपा)का झापा अध्यक्ष दिपेनवाला राईले आफूहरूले मुख्यमन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम पहिल्यै सार्वजनिक गरेको बताए । उनले भने, “पहिचानविरोधी कोसी प्रदेश नामकरण पारित गराउन हस्ताक्षर गर्ने सांसद तथा दलविरुद्ध हाम्रा पूर्वघोषित कार्यक्रमअनुरूप नै कालो झन्डा देखाएका हौँ ।” कार्यक्रममा नआउन भनेर आफूहरूले पहिल्यै सचेत गराएको उनको भनाइ छ ।

प्रदेश नम्बर–१ पुनः नामकरण समितिले कोसी प्रदेशको पक्षमा मतदान गर्ने ८२ सांसदलाई बहिष्कार गर्ने यसअघि नै घोषणा गरेको थियो । उनीहरू सार्वजनिक कार्यक्रममा सहभागी हुन आए प्रतिरोध गरिरहने अध्यक्ष राईले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro