site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन दिनभित्र वित्तीय विवरण नबुझाए कारबाही गर्ने नेप्सेको चेतावनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत संगठित संस्थाहरूले वित्तीय विवरण समयमा नबुझाएपछि तीन दिनभित्र बुझाउन आग्रह गरिएको छ । 

नेप्सेले एक सूचना जारी गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्थाबमोजिम वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरू तीन दिनभित्र नबुझाए कारबाही गर्ने चेतावनी दिएको हो ।

नेप्सेले उपलब्ध गराएको नट्स लगइनमार्फत विद्युतीय प्रतिअपलोड गर्नुपर्नेमा केही संगठित संस्थाहरूले त्यस्ता वित्तीय विवरणहरू समयमा पेस गरेको नेप्सेले सूचनामा उल्लेख गरेको छ ।

समयमै वित्तीय विवरणहरू अपलोड नगर्ने संगठित संस्थाहरूलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम कारबाही गरिने जानकारी दिइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro