site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको जेबीएनएल सेक्यूरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त कम्पनीको उद्घाटन गरेका हुन् ।

उनले टीएमएसमार्फत धितोपत्र खरिद सेवाको पनि शुभारम्भ गरे । उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना दिँदै धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताए ।

त्यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए ।

Global Ime bank

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारका लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान काठमाडौं महानगरपालिकाको वडा नं. १० नयाँबानेश्वर शंखमुलमार्गमा छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र दलाल सदस्य नं. ८९ दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu