site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब १११ वर्षे इतिहास बोकेको पेलेको टिम रेलिगेसनमा पर्‍यो...
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मैदान पूरै भावविह्वल थियो । कुनै ठूलो दुर्घटनामा आफ्नो सबैभन्दा नजिकको साथी गुमाएजस्तै । 

कप र अन्य चिजहरू छरपस्ट थिए, प्यारापिटमा प्लास्टिकका कुर्सीहरू च्यातिएका थिए, अनौठो रूपमा त्यहाँ शौचालय सिट पनि थिए । खेलको अन्तिम सीटी बजाएको आधा घण्टा भइसकेको थियो । मैदान सयौँ वस्तुहरूले भरिएको थियो । ती सबै गहिरो चोट र क्रोधका सूचक थिए ।

यो दृश्य हो, साओ पाउलोस्थित ब्राजिलियन क्लब सान्तोस एफसीको घरेलु मैदान स्टाडियो उर्बानो काल्डेरिया (बेल्मिरो रंगशाला)को । त्यस समयसम्म धेरै समर्थकले मैदान छोडिसकेका थिए । त्यसमध्ये कोही घर लागे, कोही प्रहरीसँग झगडा गर्नतर्फ । सडक जलिरहेको कार र अश्रुग्यासको धुवाँले भरिएको थियो । मैदानमा रहेकाहरू भने एकै नारा लगाइरहेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘टाइम सेम भर्गोन्हा’ उनीहरूको नारा यो थियो, अर्थात ‘लाज नभएको टिम ।’

santos-1702292680.png

Royal Enfield Island Ad

ब्राजिलियन फुटबलमा यो दृश्य अनौठो होइन । फुटबलले ल्याउने तरंग त्यहाँको दैनिक जीवनी नै बनेको छ । तर, यो केही फरक आवाज थियो । 

बेल्मिरो रंगशालामा उपस्थित दर्शक एक हारको मात्र साक्षी बनेका थिएनन्, एक ऐतिहासिक घटनाको प्रत्यक्षदर्शी पनि थिए ।

उनीहरूको टोली सान्तोस एफसी स्थापना भएको १११ वर्षे इतिहासमै पहिलो पटक शीर्ष डिभिजन लिगबाट रेलिगेसनमा पर्‍यो । अर्थात शताब्दी लामो इतिहास बोकेको सान्तोस दोस्रो डिभिजनमा घटुवा भयो ।

यो तरंगले ल्याएको झट्का मैदानमा मात्र सीमित थिएन, साओ पाउलो प्रान्तको समुन्द्र नजिकको सहरभरी यसलाई महसुस गर्न सकिन्थ्यो । साओ पाउलोको यो त्यही सहर हो, जसको नाममा क्लब स्थापना भएको थियो । सान्तोस ब्राजिलकै सबैभन्दा ठूलो क्लबमध्येमा पर्ने टिम होइन । तर, उनीहरू सबैभन्दा ठूलो इतिहास बोकेको क्लबमध्येको एक हो । ब्राजिलमै सबैभन्दा मन पराइने क्लबमध्येको एक । यसको श्रेय फुटबलले पाएको महान् खेलाडी पेलेलाई पनि जान्छ । जसले सान्तोसकै खेलाडीको रूपमा ब्राजिलबाट तीन विश्वकपको उपाधि चुमे ।

“मैले यस्तो हुन्छ भन्ने कहिल्यै सोचेको थिइन,” खेल जीवनपछि चर्चित कोलमिस्ट बनेका ब्राजिलका पूर्वफरवार्ड वाल्टर कासाग्रान्डेले लेखेका छन्, “यो फुटबल मन पराउने सबैका लागि ठूलो झट्का हो । विश्वभरी नै सबैको मनमा सान्तोसले राम्रो स्थान बनाएको छ ।”

पेलेका पूर्वसहकर्मी तथा सान्तोसका चर्चित खेलाडीमध्येका एक पेपेले यो घटनालाई विश्वासै गर्न सकेनन् । “अविश्वसनीय । म सोच्थे, हामीलाई फुटबलका भगवानले बचाउनेछन्,” उनले इन्स्टाग्राममा आफ्नो भावना यसरी पोखेका छन् ।

santosh-1-(1)-1702292680.jpg

सान्तोसको गीतमा एक पंक्ति छ । जसले क्लबलाई पछ्याउने समर्थकहरूका लागि सान्तोस के हो भन्ने देखाउँछ ।

“यो मेरो हाँसो, आँशु र भावनाको कारण हो,” गीत यसरी अघि बढ्छ, “खम्बामा रहेको झन्डाले यसको इतिहास देखाउँछ, उत्कृष्ट विगत र वर्तमान ।”

सान्तोसको उत्कृष्ट विगतमा पक्कै पनि कुनै विवाद छैन । सन् १९५० दशक र विशेषगरी १९६० को दशकमा सान्तोस ब्राजिलकै सर्वशक्तिशाली क्लब थियो । १९६१ देखि १९६५ सम्म सान्तोसले लगातार पाँच पटक राष्ट्रिय च्याम्पियनसिप, दुई पटक कोपा लिबेर्टाडोरेस, दुई पटक इन्टरकन्टिनेन्टल कप र चार पटक स्टेट च्याम्पियनसिपको उपाधि जितेको थियो ।

अचम्मै लाग्ने सफलताको लय घर र घरबाहिर पनि उस्तै थियो । केही वर्षसम्म उनीहरूले प्रदर्शनी खेलका लागि विश्व भ्रमण गरे । एसियादेखि युरोप र अमेरिकी महाद्धिप । सान्तोस ब्राजिलका निम्ति पनि भ्रमण गरिराख्ने प्रचार थियो । दर्शकका निम्ति मैदानमा ‘जग्लिङ’ गर्ने खेलाडीहरू खुसीका राजदूतजस्तै थिए ।

सान्तोस नै ब्राजिलियन टिमको पूरक थियो । टिममा पेले थिए, उनीसँगै पेपे, जिटो, कौटिन्हो, क्लोडोल्डो, कार्लोस अल्र्बेटो, माउरो रामोस पनि थिए । सन् १९६२ को विश्वकप ब्राजिलले जित्दाका २२ खेलाडीमध्ये सात खेलाडी बेल्मिरो रंगशालाका थिए । अन्य क्लबका समर्थकहरू सान्तोसको प्रशंसामात्र नभई उनीहरूप्रति कृतज्ञ समेत थिए ।

पेलेको सुन्दर कार्यकालपछि भने सान्तोसको सफलता दशकौसम्म रोकियो । सन् १९६८ पछि उनीहरूले दुई राष्ट्रिय उपाधि र एक पटक कोपा लिबर्टाडोरेसको उपाधि जितेका छन् । पछिल्लो समय नेइमार, रोड्रिगो र रोबिन्होजस्ता प्रतिभावान खेलाडी उत्पादन गरे पनि सान्तोसले सन् १९६० को दशकको सफलतालाई दोहोर्‍याउन भने सकेन । समर्थकको गुनासो पनि यही थियो ।

यी सबै निराशहरू बुधबार अपराह्न छरपस्ट भए । जब फोर्टालेजासँग २–१ को हारपछि सान्तोसको दर्जा दोस्रो श्रेणीमा झर्‍यो । “यो विश्व फुटबलकै सम्पदाविरुद्धको अपराध हो,” कासाग्रान्डेले आफ्नो आक्रोश यसरी पोखे ।

क्लब अध्यक्ष एन्ड्रेस रुएडाले २०२१ को सुरुआतमा पदभार ग्रहण गरेदेखि, सान्तोस अव्यवस्थित सोच, छोटो अवधिवाद र अनियमित नीतिको पर्यायवाची बनेको छ ।

सन् २०२१ र २०२२ मा मिड–टेबल फिनिशले ती असफलताका कारकको मुख छोपेको थियो । तर, यस सिजनको नतिजाले उनीहरूको अव्यवस्थितता र अनियमिततालाई उदांगो पारिदियो । ब्राजिलियन सिरी ‘ए’ को एकै सिजनमा सान्तोसले चार फरक प्रशिक्षक परिवर्तन गरेको थियो । त्यसमध्येका सबै पछिल्लो पटकको भन्दा निक्कै फरक थिए ।

pele-santos-1702292680.jpg

“यो निकै कमजोर टोली हो,” सान्तोसका हरेक गतिविधिलाई समेट्ने ब्राजिलियन सञ्चारकर्मी ब्रुनो लिमाले भने, “केही समयका लागि उनीहरूको स्तर निकै तल्लो थियो । उनीहरूले खराब खेलाडीमा धेरै पैसा खर्च गरे । रुएडालाई क्लब कसरी चलाउने भन्ने सामान्य ज्ञान समेत छैन । उनी फुटबल बुझ्दैनन् ।”

उनको आरोप केही हदसम्म जायज पनि छ । सिजनको सुरुआती १८ खेलमा सान्तोसले १९ अंकमात्र जोडेको थियो । सहायक प्रशिक्षकबाट अन्तरिम प्रशिक्षकमा बढुवा भएका मार्सेलो फर्नान्डेजले यसलाई सुधार्ने प्रयास नगरेका होइनन् । तर, फ्लुमिनेन्स र एथलेटिको परानान्सेसँगको फराकिलो पराजयसँगै अन्तिम खेलमा फोर्टालेजाविरुद्ध ठक्कर खाँदा सान्तोस महत्त्वपूर्ण क्षणमा इन्धन सकिएको सवारीजस्तो देखिन्थ्यो ।

“हामी आफ्नो उत्कृष्ट दिनेछौँ,” बुधबारको खेलअघि फर्नान्डेजले भनेका थिए, “सान्तोस तल झर्दैन ।” रेलिगेसनबाट जोगिन अन्तिम खेलको नतिजा कुरिरहेका भास्को डा गामा र  बहियसँग अंकको अग्रता रहँदा पनि सान्तोसले फर्नान्डेजको प्रतिक्रियालाई वास्तविक बनाउन सकेन । र, अन्तिममा डा गामा र बहियसँग पछि पर्दै सान्तोस १७औँ स्थानमा रहेर रेलिगेसनमा पर्‍यो । ब्राजिलियन सिरी ‘ए’ मा १७औँदेखि २०औँसम्मका टिम घटुवा हुने प्रावधान छ ।

रुएडाको कार्यकाल सान्तोसको इतिहासमै अप्रत्यासित रह्यो । उनको कार्यकाल शनिबार समाप्त भएको छ । यसले क्लबका समर्थकलाई केही सान्त्वना पक्कै दिनेछ । साओ पाउलो र फ्लामेंगोबाहेक ब्राजिलका सबै शीर्ष क्लबहरू घटुवा भएका छन्, जसमा सान्तोस नयाँ अनुभव लिने टिम बन्दैछ । र, यस शताब्दीमा घटुवा भएका सबै क्लबले राम्रैसँग पुनरागमन समेत गरेका छन् ।

सान्तोसले तत्कालै शीर्ष लिगमा पुनरागमन गर्ला ? यसको जवाफ तत्कालै असम्भव छ ।  सान्तोसमा निराशाका लागि धेरै कुराहरू छन् । त्यसमध्येको एक हो, क्लबको आर्थिक स्थिति । सान्तोस अहिले ७०० मिलियन ब्राजिलियन रेएस (१४२ मिलियन अमेरिकी डलर) ऋणमा छ । अहिले दोस्रो डिभिजनमा झर्दा क्लबको आर्थिक स्थितिमा सुधार हुने छाँटकाँट देखिँदैन । र, अर्को उनीहरूको एकेडेमी हो । लामो समयसम्म आरामको कम्बल (सिरक) बनेको यो एकेडेमी अहिले चिन्ताको विषय बनेको छ । 

“क्लबको युवा प्रणाली लयमा छैन,” लिमा भन्छन्, “क्लब आधुनिकरण भएको छैन । एकेडेमीलाई ब्राजिलको अन्य क्लबहरूले उछिनेको छ । जुन क्लबले युवामा लगानी गर्छन् उसैले राम्रो खेलाडी पाउँछ । सान्तोसमा अहिले चम्किन सक्ने कुनै युवा खेलाडी नै छैनन्, जसरी विगतमा हुने गर्दथे ।”

santosh-1702292681.png

ब्राजिलको सिरी ‘बी’ खास व्यवस्थित छैन । सान्तोसका खेलाडीले अब आठ महिना यही बिताउनेछन् । जहाँ कुनै रौनक छैन । छ त केवल धराप मात्रै । सान्तोसलाई अहिले यही स्थितिले कुरिरहेको छ । त्यसैकारण क्लब रेलिगेसनमा पर्दा सान्तोस सहरमा कारहरू जलिरहेका थिए । त्यसैकारण समर्थकका आँखा आँशुले भरिए । 

“यसमा एउटामात्रै कुराले सान्त्वना दिइरहेछ,” ब्राजिलियन कोलमिस्ट जुका के फोउरी लेख्छन्, “र, त्यो हो, सान्तोसको यो अवस्था हेर्न पेले अहिले हामीमाझ छैनन् ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro