site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रताप सदाको घटनामा गम्भीर छानबिन गर्न माग

विराटनगर । कोसी प्रदेशसभा सदस्यहरूले विभिन्न निकायमा खाली पदमा नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका छन् । सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले समसामयिक विषय उठान गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी)की सांसद खिनुलङ्वा लिम्बूले भनिन्, “भारतीय दूधजन्य उत्पादनले किसानलाई असर गरेको छ ।” दूधको मूल्य उधारो रहेको र किसानले क्रेताबाट नपाएको उनले बताइन् ।

नेकपा (एमाले)की सांसद गीतादेवी रेग्मीले उदयपुरको गाईघाटमा आगलागीबाट डेढ करोड रुपैयाँबराबरको क्षति भएको उल्लेख गरिन् । पीडितलाई क्षतिपूर्ति दिलाउन उनले सरकारसँग माग गरिन् । उनले शोभा सुन्दासबारेको विषय पनि उठाइन् ।

उनले भनिन्, “उर्लाबारीकी शोभा सुन्दासलाई विराटनगर, पुष्पलालचोकको वृद्धाश्रममा प्रवेश नदिनु भेदभाव हो ।”

नेकपा (माओवादी केन्द्र)की गीता तिम्सिनाले प्रदेश निजामती ऐन पारित हुने अवस्थामा पुग्नु सकारात्मक भएको बताइन् । उनले भनिन्, “प्रदेश लोकसेवा आयोगको अध्यक्षको पद रिक्त भएकोले प्रक्रिया अघि बढाउनुपर्छ । सभामुख र रिक्त प्रदेशका पदपूर्ति हुनुपर्छ ।”

एमाले प्रदेशसभा सदस्य तिलचन्द पाठकले विराटनगरको मेट्रो अस्पतालबाट मृत घोषित बिरामी जीवित नै फेला परेको घटनाबारे छानबिन हुनुपर्ने माग गरे । सुनसरीको इनरुवा नगरपालिका–३ का प्रताप सदा जीवित हुँदाहुँदै मृत घोषणा गरिएको पाठकले बताए ।

एमालेकै ललिता चौधरीले ग्रामीण भेगका विद्यालयमा प्राविधिक विषय पठनपाठन गर्नुपर्ने माग गरिन् ।

माओवादीकी सांसद सपना दर्जीले प्रताप सदाको घटनामा गम्भीर छानबिन हुनुपर्ने माग गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro