site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखर समूहको बैठकमा १४औँ महाधिवेशनमा उमेदवार बनेका सबैलाई बोलाइने
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकलाई लक्षित गरेर शेखर कोइराला समूहले बैठक बोलाएको छ । बैठकमा पदाधिकारीसहित १४औँ महाधिवेशनमा उमेदवार बनेका (निर्वाचित र पराजित) सबै नेताहरूलाई बोलाइएको समूहका एक नेताले जानकारी दिए ।

“महासमिति बैठक विशेष छलफल हो,” ती नेताले भने, “समूहबाट १४औँ महाधिवेशनमा उमेदवार बनेका सबैलाई बोलाइएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ती नेताका अनुसार सञ्चार माध्यममा पार्टीको महासमिति बैठक सर्ने समाचार बाहिरिएपछि कोइराला समूह बैठक पनि सर्ने सम्भावना छ ।

“उपत्यकाबाहिरका साथीहरूलाई बोलाउने काम हुँदै छ । पर्सी बैठक बस्ने कुरा छ,” उनले भने, “तर, सञ्चार माध्याममा आएअनुसार महासमिति बैठक सर्ने भयो भने बैठक के गर्ने भन्ने पनि छ । भोलिसम्म टुंगो लाग्ला ।”

कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ सम्मका लागि तय गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले मंसिर २९ का लागि कार्यसम्पादन समिति बैठक बोलाउने तयारी गरेका छन् ।  त्यही बैठकबाट महासमिति बैठक सार्ने तयारी देउवाको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्