देश
काठमाडौं । वीर अस्पतालले ब्रेन ट्युमर विशेष क्लिनिक सेवा सुरु गरेको छ । अस्पतालको न्युरो सर्जरी विभागअन्तर्गतको ब्रेन ट्युमर केन्द्रमार्फत सेवा सञ्चालनमा ल्याइएको हो ।
क्लिनिक सेवा साताको दुईदिन आइतबार र बुधबार बिहान १० देखि १ बजेसम्म सञ्चालन हुने छ । न्युरो सर्जरी ओपीडीको कोठा नम्बर ४३१ बाट सेवा लिन सकिने छ ।
अस्पतालले मेरुदण्डका बिरामीलाई लक्षित गरी अस्पतालले न्युरो स्पाइन क्लिनिक पनि सञ्चालनमा ल्याएको छ । सोहीदिन र समयमा कोठा नम्बर ४२८ बाट न्युरो स्पाइन क्लिनिक सेवा दिइने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १६:४२
प्रतिक्रिया दिनुहोस्