site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न सकेन : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुआत गरेको बताए ।

Dabur Nepal
NIC Asia

टोखा–छहरे सुरुङमार्गसहित रेलमार्गका विषयमा एमाले नेतृत्वको सरकारले छलफल सुरु गरे पनि अहिले विलम्ब भएको उनले उल्लेख गरे । एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिलासुस्ती हुनु स्वाभाविक भएको उनको भनाइ थियो ।

उनले नेपाल स्वाधीन स्वतन्त्र देश भएकाले आफैँले त्यसको सम्मान गर्नसक्नुपर्नेमा जोड दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि विमान उडाउन सरकार डराइरहेको टिप्पणी उनले गरे ।

ओलीले नेपालको हितका निम्ति छिमेकी जुनसुकै राष्ट्रले गर्ने सहयोग लिनुपर्ने धारणा राखे । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro