site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बायर्नको पोस्टमा फ्र्याकंफर्टको पाँच गोल 

काठमाडौं । साविक विजेता बायर्न म्युनिखविरुद्ध आइनट्राच्ट फ्र्यांकफर्टले ५–१ को फराकिलो जित निकालेको छ । 

शनिबार डुएचे बैंक पार्कमा सम्पन्न खेलमा एरिक एबिम्बेले दुई गोल गर्दै ओमार मामौस, ह्युगो लार्सोन र अस्गर नौफले एक–एक गोल गरे । बायर्नका जोसुवा किमिचले एक गोल फर्काए । जारी सिजन बुन्डेसलिगामा बायर्नको यो पहिलो हार हो । यो हारसँगै बायर्नले लिगको शीर्ष स्थानमा उक्लिने अवसरसमेत खेर फाल्यो । 

१३ खेलबाट ३२ अंक जोडेको बायर्न तालिकाको दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको बायर्न लेभरकुजेनभन्दा तीन अंक कम हो । 

जितसँगै १४ खेलबाट २१ अंक जोडेको फ्र्यांकफर्ट तालिकाको सातौँ स्थानमा उक्लिएको छ । शनिबार नै भएको अर्को खेलमा बोरुसिया डर्टमन्ड पनि पराजित भएको छ । बोरुसिया चौथो स्थानको आरबी लाइपजिगविरुद्ध ३–२ ले पराजित भएको हो । 

जितसँगै चौथो स्थानको लाइपजिगले १४ खेलबाट २९ अंक जोडेको छ । समन खेलबाट २५ अंक जोडेको डर्टमन्ड तालिकाको पाँचौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro