site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा आज नेपाली युवा टिमले अफगानिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छन् ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नै पर्ने दबाब छ । दुवै टिम आज पहिलो जितको खोजीमा छन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

Global Ime bank

समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीन वटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

गत अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा स्थान बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement