site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘भिटो’पछि गाजामा भएको हताहतका निम्ति अमेरिका जिम्मेवार ः अब्बास
तस्बिर : एपी ।
Sarbottam CementSarbottam Cement

रमल्लाह । प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले ‘भिटो’ लगाएपछि भएको महिला र बालबालिकाको हताहतका निम्ति अमेरिका जिम्मेवार रहेको बताएका छन् ।

“अमेरिकी अडान आक्रामक, अनैतिक, अन्तर्राष्ट्रिय मानवीय मूल्य र सिद्धान्तको ठाडो उल्लंघन भएको र अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको रक्तपातका लागि अमेरिकी सरकार जिम्मेवार रहेको छ,” अब्बासको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुरक्षा परिषद्को विशेष बैठकमा वासिङटनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेको छ ।

अमेरिकी राजदूत रोबर्ट वुडले उक्त प्रस्ताव ‘वास्तविकताभन्दा टाढा रहेकोे’ र यसलाई अगाडि बढाउन नहुने बताएका थिए ।

Global Ime bank

इजरायलले भिटोको प्रशंसा गरेको छ । तर, ‘मानवीय युद्धविराम’को प्रस्तावक संयुक्त अरब इमिरेट्सले नतिजाले आफूलाई ‘गम्भीर रूपमा निराश’ बनाएकोे जनाएको छ ।

अब्बासले शनिबार भने, “अमेरिकी नीतिले गाजा, वेस्ट बैंक र जेरुसेलममा प्यालेस्टाइनीविरुद्ध इजरायली सेनाले गरेको नरसंहार, जातीय सफाया र युद्ध अपराध हो ।”

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणानुसार गाजापट्टीमा हप्तौँदेखि चलेको द्वन्द्वमा करिब १७ हजार ५०० व्यक्तिको मृत्यु भएपछि गुटेरेसले आपत्कालीन बैठक बोलाएका थिए ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको रक्तपातपूर्ण आक्रमणका कारण उक्त क्षेत्रमा युद्ध सुरु भएको थियो । हमासको आक्रमणमा एक हजार २०० व्यक्तिको मृत्यु र २४० जनालाई बन्धक बनाइएको इजरायली अधिकारीले बताएका थिए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement