site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको संकल्पयात्रा वाग्मती प्रदेशमा
एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू गोरखाको आरुघाट पुग्दाको दृश्य । तस्बिर : ओलीको सचिवालय ।

धादिङ । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्रा’ वाग्मती प्रदेशमा प्रवेश गरेको छ ।

वाग्मती प्रदेश प्रवेशका क्रममा उक्त टोलीलाई आरुघाटमा भव्य स्वागत गरियो । टोलीलाई पार्टीका नेता तथा कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए । एमाले गण्डकी प्रदेशको टोलीले वाग्मतीको टोलीलाई झन्डा हस्तान्तरण गरी धादिङमा प्रदेश गराइएको हो ।

वाग्मती प्रदेशमा प्रवेश गर्नुअघि गोरखाको आरुघाटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको यस यात्रा लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका निम्ति भएको बताए । राष्ट्रियता, सुशासन र समृद्धिका निम्ति अभियान प्रभावकारी भएको उनको भनाइ थियो ।

गण्डकीको गोरखा र वाग्मती प्रदेशको धादिङको सिमाना आरुघाट हुँदै सल्यानटार उक्लिएर शनिबार दिउँसो सो टोली नुवाकोटतर्फ लागेको थियो । नुवाकोट मध्यपहाडी राजमार्गको मध्यविन्दु हो । एक हजार ८७९ किलोमिटर लामो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ ।

सो यात्रामा पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायत नेता छन् ।

एमालेको समृद्धिका निम्ति संकल्पयात्राअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा सकिइसकेको छ । यही मंसिर १४ गते मध्यपहाडी राजमार्गको पश्चिमी सुरुआती विन्दु बैतडीको झुलाघाटबाट सुरु गरिएको एमालेको यात्रा पूर्वी सीमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिनेछ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro