अर्थ व्यवसाय

काठमाडौं । ईसेवा मनी ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सझौता भएको छ । स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठूलो फड्को मारेको ईसेवा मनी ट्रान्स्फरले परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै अघि बढेको हो ।
यो सम्झौतासँगै साइप्रसबसोबास तथा काम गर्दै आएका नेपालीहरूले जीएस क्यास लाइनको ४० शाखाहरूबाट नेपालमा ईसेवा मनी ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्नेछन् ।
सम्झौतापत्रमा ईसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र जीएस क्यास लाइनका प्रमुख कार्यकारी अधिकृत, स्ट्याव्रोज स्ट्याव्रोले हस्ताक्षर गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १९:२४
प्रतिक्रिया दिनुहोस्