site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकिङ क्षेत्रका कर्मचारीलाई सुरक्षाको प्रत्याभूति गराउन माग

काठमाडौं । पछिल्लो समय केही व्यक्ति तथा समूहहरूले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूप्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र आक्रमणको विरोध गरिएको छ । 

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै बैंकका शाखाका कर्मचारीलाई अभद्र व्यवहार भएको भन्दै यस्तो व्यवहार गर्नेलाई कारबाही गर्न पनि माग गरिएको छ ।

Dabur Nepal
NIC Asia

“एक वाणिज्य बैंकको विर्तामोड, झापा शाखामा कार्यरत एक कर्मचारीमाथि भएको धरपकडप्रति हाम्रो घोर आपत्ति रहेको र घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दछौँ । आफ्ना ग्राहकहरूलाई सेवा–सुविधा प्रदान गर्न भूकम्प, कोभिडलगायत विषम परिस्थितिमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरूमाथि यस प्रकारको दुर्व्यवहार अत्यन्त निन्दनीय छ । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरू भयरहित रूपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायसँग माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । 

साथै, बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको भन्दै यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिइ भइरहेका अराजक घट्नालाई समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरूसँग अनुरोध गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro