site stats
बाह्रखरी :: Baahrakhari
देश
विपन्न नागरिक सहुलियत उपचार सेवा लिनेमा सबैभन्दा धेरै क्यान्सरका बिरामी 

काठमाडौं । सरकारले प्रदान गर्दै आएको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत पछिल्लो वर्ष सबैभन्दा धेरै क्यान्सरका बिरामीले सेवा लिएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा २१ हजार ५५५ जना क्यान्सरका बिरामीले सो सेवा लिएका छन् । 

सहुलियतमा उपचार गरिने आठ रोगमध्ये सबैभन्दा कम अल्जाइमर्सका बिरामी ३५ जना छन् । हेमोडायलायसिस सेवा सात हजार ४४९, मुटुसम्बन्धि रोगमा ६ हजार ९३६, सीकलसेल एनिमियाका एक हजार ५६१, स्पाइनल इन्जुरीका एक हजार २३९, हेड एन्जुरीका ७६१, मिर्गौला प्रत्यारोपणका ४३२ र पार्किन्सन्सका ७९ जना बिरामीले सेवा लिएको विभागको तथ्यांक छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त आर्थिक वर्षमा ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’मा सरकारले दुई अर्ब ४३ करोड ६९ लाख ४७ हजार रुपैयाँ खर्च गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कार्यक्रमअन्तर्गत सरकारले मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सीकलसेल एनिमियाको उपचार खर्चमा सरकारले सहुलियत दिँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्