site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सेयर बिक्रीबारे एनसेलले प्राधिकरणलाई फर्कायो जवाफ

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले आफ्नो सेयर बिक्रीको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाएको छ।

आजियाटाले आफ्नो सेयर बिक्री गर्दै नेपालबाट बाहिरिने घोषणा गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको थियो ।

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ । तर, प्राधिकरणलाई कुनै जानकारी नदिई एनसेलको विदेशी लगानीकर्ताले नेपालबाट बाहिरिएको घोषणा गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको थियो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलबाट पत्र आएको र आफूहरूले अध्ययन र छलफल गरिरहेको बताएका छन् ।

Global Ime bank

“आज एनसेलबाट जवाफ आएको छ । हामीले अध्ययन र छलफल गरिरहेका छौँ,” प्राधिकरणका अध्यक्ष खनालले बाह्रखरीसँग भने ।

एनसेलले पठाएको जवाफमा के छ भन्ने कुरा अहिले सार्वजनिक भइसकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu