site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीमा मन्त्री फेर्नुपर्ने चर्चा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को जारी केन्द्रीय सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको काम–कारबाहीबारे छलफल गरिएको छ ।

एक नेताका अनुसार बैठकमा पार्टीबाट मन्त्री बनेकाहरूको कामप्रति नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । “सरकारमा सामेल भएका मन्त्रीहरूको कामका विषयमा चर्चा भएको छ,” एक सचिवालय सदस्यले बाह्रखरीसँग भने, “मन्त्रीहरूको काममा सन्तुष्टि मान्ने अवस्था छैन । काम गराई सन्तुष्ट भएन भन्ने विषय उठेको छ ।”

सरकारमा एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री, उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री र नन्दा चापाईं राज्यमन्त्री छन् ।

एकीकृत समाजवादीका केही पदाधिकारी मन्त्री हेरफेर गर्नुपर्ने पक्षमा छन् । सोमबारदेखि बैठक जारी छ । सोमबारको बैठकपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले तीनै तहका सरकार सरकार असफल भएका र जनताका समस्या सम्बोधन नभएको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro