site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
एनसेलको सेयर खरिद–बिक्रीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुको अगुवाइमा विरोध प्रदर्शन गरिएको छ । मंगलबार काठमाडौंस्थित एनसेल कार्यालयअगाडि नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘एनसेलको आयव्यय सार्वजनिक गर’, ‘एनसेललाई राष्ट्रियकरण गर’, ‘विवादास्पद एनसेल सेयर बिक्रीको छानबिन गर’, ‘नो ट्याक्स, नो सिम’, ‘रिजेक्ट एनसेल’, ‘माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना माग पूरा नभए एनसेलका गाडीहरू समेत चल्न नदिने चेतावनी दिए ।

एनसेलको ८० प्रतिशत सेयर नेपालबाहिरै बिक्री भएपछि विभिन्न टीकाटिप्पणी भइरहेको छ । न्युज एजेन्सी नेपाल

थप तस्बिर हेर्नोस्–

n5-1701756156.jpg

n7-1701756156.jpg

n8-1701756156.jpg

n1-1701756155.jpg

n2-1701756155.jpg

n3-1701756155.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्