राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
बैठकमा पार्टी महाधिवेशनको नयाँ मिति तोक्नेबारे निर्णय हुने बताइएको छ । साथै, समसामयिक राजनीतिका बारेमा पनि छलफल गरिनेछ ।
गएको भदौमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको छैटौँ बैठकबाट आउँदो माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो । अब महाधिवेशनको नयाँ मिति तोक्न लागिएको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० ०९:५४
प्रतिक्रिया दिनुहोस्