काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत तनावपूर्ण बनेको खेलमा साविक विजेता बार्सिलोनाले एट्लेटिको मड्रिडविरुद्ध १–० को कठिन जित निकालेको छ ।
स्टाडियो ओलम्पिको लुइस कम्पनिजमा सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन जाओ फेलिक्सले गरेको गोल निर्णायक बन्यो । फेलिक्सले २८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए ।
तनावपूर्ण बनेको खेलमा कुल १० पहेलो कार्ड देखाइएको थियो । जममध्ये बार्सिलोनाका प्रशिक्षकसहित ६ सदस्यले र एट्लेटिको मड्रिडका चार खेलाडीले पहेलो कार्ड पाएका थिए ।
जितसँगै १५ खेलबाट ३४ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको रियाल मड्रिडभन्दा चार अंकले पछि छ । १४ खेलबाट ३१ अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको चौथो स्थानमा छ ।