site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'अर्थ व्यवस्था अझै तल जाँदैन, तर ओभर करेक्सन भए तरतला अभाव सन्निकट छ'
SkywellSkywell

विराटनगर । विज्ञहरूले देशको अर्थ व्यवस्थामा तत्कालै अहिलेभन्दा तल जाने ठाउँ नभएको बताएका छन् । त्यसकारण निराश हुनुपर्ने अवस्था नरहेको उनीहरूको तर्क छ ।

मोरङ व्यापार संघले आइतबार विराटनगरमा आयोजना गरेको 'बिज टक' कार्यक्रममा सहभागी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले निराश हुने, मनोबल खस्काउने र उद्यमशीलता मार्ने कुरा गर्नुपर्ने अवस्था नरहेको बताए ।

खतिवडाले तत्कालै अर्थव्यवस्था यो भन्दा तल जाने ठाउँ नभएको बताउँदै भने, “हामी जहाँ छौँ त्यो बटलम लाइन हो । हामी यो फ्लोरमा यहाँ कति बस्छौँ भन्ने हो । सरकारले कति छिटो हस्तक्षेपकारी नीति लिन्छ त्यसमा भरपर्ने कुरा हो ।”

Dabur Nepal
NIC Asia

खतिवडाले अर्थ व्यवस्थाको केही समस्या अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र केही समस्या राष्ट्र बैंकबाट सिर्जना हुने भन्दै अझै परिमार्जन गर्ने ठाउँ रहेको बताए । अर्थमन्त्रालयले एक खर्बको अर्थतन्त्र चलायमान गर्न केही गर्न सक्ने भन्दै उनले प्रदेश र स्थानीय तहमा १० प्रतिशत पनि विकास खर्च हुन नसकेको दृष्टान्त प्रस्तुत गरे ।

“पुराना बक्यौता क्लियर गर्ने बाह्य क्षेत्रमा सीमितरूपमा राम्रो भएको हो कि जस्तो देखिएको छ । त्यसलाई धान्न निर्यात क्षेत्र उद्योग स्थापना गरेर जानुपर्छ । आयात घटेर सिर्जना भुक्तानी सन्तुलन देखिएको छ । आर्थिक वृद्धिमाथि जानासाथ माथि जान्छ । जोखिम बाह्य क्षेत्रमा पनि छ । सरकारसँग जोखिम न्यूनीकरण गर्ने उपकरण सरकारसँग छ । सरकारले हटाउन सक्छ ।”

उनले बैंक वित्तीय प्रणालीमा समस्या किन भयो भन्ने जिज्ञासामा हौसिएर लगानी गर्दा समस्या भई व्यवसायी मारमा परेको दाबी गरे । उनले भने, “त्यसको मारमा व्यवसायी पर्नुभयो । बैंकले पाठ सिकेका होलान् । राष्ट्र बैंकले पनि सिक्यौँ । व्यवसायीको समस्या कर नीतिबाट समाधान गर्न अर्थमन्त्रालयले सक्छ ।” 

पहिले पनि फिक्स रेटमा ऋण लिनेले अहिले पनि ७ देखि ८ प्रतिशतमा ‘इन्ज्यो’ गरेको आफूले सुनेको खतिवडाको भनाइ थियो ।

“बजारको दर तलमाथि हुँदामा अपनाउनेलाई फरक भएको छ । घर जग्गा, गाडी सेयर वा अन्य पुँजी प्रधान औद्योगिक क्षेत्रमा ब्याजको मार परेको हो । धेरै तल जान पनि नदिने एउटा कोरिडोर राखेर अनि माथि पनि जान नदिने हुनुपर्छ,” उलने भने, “क्रमशः ब्याजदर बढ्दै छ । अब एक अंकमा ब्याज आउँछ । यदि ब्याजदर हिजोको अवस्थमा आए अर्को चक्र सुरु हुन्छ । फेरि दुई वर्षअघिको चक्रमा बढ्छ । यसको लागि अघि बढ्नुपर्छ । ओभर करेक्सन भए अर्को चक्र सुरु हुन्छ त्यसका लागि पनि चनाखो हुनुपर्छ ।”

खतिवडाले निक्षेपको ब्याज धेरै भयो व्यवासायिक क्षेत्रको कुरा केही हदसम्म ठिक भएको तर निक्षेपकर्तालाई मूल्यवृद्धिको तहसम्म ब्याज नदिए फेरि समस्या सिर्जना हुन सक्ने पनि बताए ।

बैंकहरूको लागत घटाउनेतर्फ लाग्नुपर्ने भन्दै उनले राष्ट्र बैंकको मौद्रिक नीतिले त्यसतर्फ काम गर्नुपर्ने बताए । अनिवार्य नगद मौज्दात घटाउने, प्रोजिभजनिङ सहज गर्ने, लोनको भ्यालु रेसियो सुधार गर्ने, रिफाइनान्साको रिपोमार्फत तीन प्रतिशत ब्याजमा राष्ट्र बैंकले एक खर्ब पैसा दिए बैंकले ७ आठ प्रतिशतमा २ खर्ब औद्योगिक क्षेत्रमा दिनसक्ने बताए ।

मौद्रिक नीति र बैंकको आफ्नो कौशलताले कारण पुँजीको लागत र त्यसको आधारमा लगानीको ब्याजदर घटाउनु पर्ने बताए । “निक्षेपकर्तामा ब्याजदर मात्र घटाए । फेरि लगानीयोग्य रकम कमी भई तरलता अभाव हुन्छ,” उनले भने ।

पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले लगानी सुरक्षा र व्यावसायिक वातावरण बनाउन पहल हुनुपर्ने भन्दै अर्थतन्त्र बाहिर देख्दा जस्तो भन्दा पनि सुधार भएको देखिएको सुनाए । उनले गएको ९ वर्षयता शासन प्रणालीमा सुशासन हुन नसक्नु मुख्य चिन्ताको विषय भएको बताउ ।

“त्यो डरलाग्दो अवस्था हो । सत्ता सञ्चालकसँग निकटताको आधार र सम्बन्धनको आधारमा लिइने लाभ अनि टाढा हुँदा हुन सक्ने हानी नसचोएको ढंगले बढेको छ,” उनले भने ।

उनले विदेशी लगानी आए पनि लाभांश लिएर जान खातापाता त मिलाउनैपर्ने भन्दै त्यो नमिलेर आयकर नदिए गाह्रो हुने सुनाए । 

उनले राजनीतिक आवरणमा हुने गलत कामको विषयमा सबै जागरुक हुनुपर्ने बताए । “नेपालमा मज्जाले सुन आयो भन्ने सुनियो । सुनमा यो मुद्दा चल्यो । सुन यहाँ आउँदा केही चिज बाहिर पनि जानुपर्ला नि त । के चल्यो त ? त्यो चिज खोजी भयो त ? पत्रकार शासन व्यवस्था कहाँ पुग्यो ? आर्थिक र मौद्रिक रूपबाट खोजिनुपर्ने विषय धेरै छन् । अर्थमन्त्रालयले वित्तीय नीति लिनुपर्छ तर त्यसको लाभग्राही को हुन्छ भन्ने नै हो,” उनले भने, “शासन व्यवस्था सुधार्ने हो । धेरै खराब भएर मानिस आत्तिएको होइन । मैले प्रस्पिर्धा गर्न सक्छु कि सक्दिन भन्ने हो ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu