site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शिवम् सिमेन्ट्सले गर्‍यो स्कुल बस र ब्याग वितरण

काठमाडौं । शिवम् सिमेन्ट्सले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, हटियास्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस र चितवनको भरतपुर महानगरपालिका–१५, मंगलपुरस्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्कुल बस र ब्यागहरू वितरण गरेको हो ।

उद्योग तथा खानी क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई कम्पनीले शैक्षिक सामग्री, छात्रवृत्ति कोषको स्थापना र न्यानो कपडाहरू वितरण गर्दै आएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

qewfg-1701604936.jpg

कम्पनीले विगतका दिनहरूमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योग क्षेत्रका विभिन्न विद्यालयहरूमा छात्रवृत्तिको स्थापना, न्यानो कपडा वितरण, स्कुल बस, स्वास्थ्य शिविर, विपन्न परिवारका निम्ति खाद्यान्न वितरण, आइसोलेसन बेड निर्माण गर्न आर्थिक सहयोग, डायलासिस मेसिन, अक्सिजन प्लान्टको निर्माण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, डिप ट्युब बोरिङ, वृक्षरोपणजस्ता कार्यहरू गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्