site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

राष्ट्रस‌घीय सम्मेलनहरू सामान्यतः समस्यामा ध्यानाकर्षणमै सीमित हुन्छन् । सदस्य राष्ट्रहरू पनि प्रतिबद्ध भएमात्र ठूलो तामझामसहित आयोजना गरिने यस्ता सम्मेलनको उद्देश्य पूरा हुन्छ । यसैले अगिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) पनि यसको अपवाद नबन्नु अस्वाभाविक होइन ।

सम्मेलनमा नेपालले प्रधानमन्त्री तहमै सहभागिता जनायो । यसले नेपालले जलवायु परिवर्तनको विषयलाई गम्भीरतापूर्वक लिएको सन्देश प्रवाह गरेको छ । यथार्थ भने बेग्लै पनि हुनसक्छ । विगतमा जस्तै सम्मेलनका सहभागीहरूको ध्यान सम्बन्धित विषयप्रति भन्दा  युएईको सयरमा बढी गएको हुनसक्ने  मनग्गे उदाहरण देखिई जो सकेको छ । 

जेहोस्, सम्मेलनमा सम्बोधनका क्रममा नेपाली प्रतिनिधि मण्डलका नेता प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली नागरिकले जलवायुजन्य सङ्कट भोग्नु परेको विषय उठाए । कार्बन उत्सर्जनमा नेपालको भूमिका नभए पनि त्यसबाट प्रकृतिमा परेको नकारात्मक प्रभाव भने नेपाली जनताले भोग्नुपरेको गुनासो गर्दै उनले विश्वको ध्यानाकर्षणको प्रयास गरे ।

आशा गरौँ, जलवायु परिवर्तनको समस्याप्रति विश्वका शासकहरू विशेषगरी ठूला प्रदूषकहरूको ध्यान जानेछ । कार्बन उत्सर्जन घटाउँदै लगेर तापक्रम वृद्धिको गति पनि कम गर्ने प्रतिबद्धताप्रति सबै गम्भीर र इमानदार हुनेछन् । विश्व मञ्चमा नेपालले एक्लै गर्नसक्ने सम्भवतः यति नै हो । अरू नेपालको बुताभन्दा बाहिर छ ।

Global Ime bank

जलवायु परिवर्तनबाहेक पनि वातावरण संरक्षणका अरू धेरै पक्षमा भने नेपालले एक्लै गर्नसक्ने पनि थुप्रै कामहरू छन् । विडम्बना, कार्बन उत्सर्जनका विषयमा चर्का कुरा गर्ने हामी आफैँले गरेका विनाश र त्यसको जनतामा परेको असरका सम्बन्धमा भने उदासीन र अनभिज्ञ देिखिएका छौँ । यस्तो दोहोरो चरित्रले नेपालको भलो गर्दैन ।

यसैले कार्बन उत्सर्जन नियन्त्रणका पक्षमा नैतिक दबाब दिने हो भने हामीले वातावरणमा मानवीय कारणबाट भइरहेको ह्रास नियन्त्रण गर्न गम्भीर हुनुपर्छ । पहाड खनेर ढुङ्गा बेच्ने योजना वार्षिक नीति र कार्यक्रममा समावेश गर्ने वा दर्ता गर्नेजस्तो सामान्य प्रक्रियामा वर्षौ‌ं अल्झाएर बिजुली बस चल्न नदिने सरकारले कुन नैतिकताले अन्यत्र औँला उठाउने ?

संसारभर नै राता र पहेँलाहरूले हरियोको दोहन गर्दैआएका छन् । अर्थात्, समाजवादी र पुँजीवादीहरूले प्रकृतिको दोहनलाई प्रगति मान्ने गरेको देखिन्छ । उपभोक्तावादी जीवन शैली यसैको उपज हो । र कार्बन उत्सर्जनलगायतका प्रकोपहरूको कारक पनि त्यही उपभोक्तावाद नै हो ।      

नेपालका शासकहरू साँच्चै नै जलवायु परिवर्तनलगायतका वातावरणीय समस्याप्रति गम्भीर छन् भने वातावरण संरक्षणका लागि देशभित्र गर्न सकिने हरसम्भव कामलाई पहिलो प्राथमिकता दिउन् । आफूले गर्ने कार्बन उत्सर्जन घटाउँदै लैजाऊन् । सबैभन्दा मुख्य त प्रकृतिको महत्त्व नबुझेर प्रकृतिमाथि तिनले गरेका ‘लाल अपराध’हरू बन्द गरून् ! 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu