site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फोहोरको गन्धले कृषि उत्पादनमा ह्रास, बस्ती स्थानान्तरण गर्न माग
फाइल तस्बिर ।

काठमाडौं । २०६२ सालमा नुवाकोटको सिसडोल र ओखरपौवाका स्थानीयहरूले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्डु खाएर फोहोर विसर्जन गर्न सहमति दिएका थिए ।

१८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै फोहोर फाल्न दिने सहमति दिएका स्थानीयहरू अहिले फोहोरमा पिल्सिएर बस्न बाध्य भएका छन् । 

फोहोरले घेरिएको ककनी गाउँपालिका १, सिसडोल, ओखरपौवा र वडा ३ चाउथे क्षेत्रका मानिसहरूमा स्वास्थ्य समस्यादेखि खेतबारीमा अनाज उब्जनी समेत हुन छाडेको छ । उक्त क्षेत्रमा रहेको खेतबारी फोहोरले पुरेको र बाँकी रहेको खेतबारीममा अनाज उब्जनी हुन छाडेको स्थानीयहरूको गुनासो छ । 

सरकारले फाहोर विसर्जन गर्न सहमति दिँदा गरेको प्रतिबद्धता फाहोरमा मोहोर बनाउने आशा निराशामा परिणत भएको छ । फोहोरको दुर्गन्धको कारण माटोमा अन्न र फलफूल पनि फल्न छोडेको स्थानीय किसानहरूको गुनासो छ । उनीहरूले अन्न उम्रे पनि फल लागेपछि पात र फललाई किराले खाने जस्ता समस्या किसानहरूले भोग्नुपरेको बताए । 

किसानहरूले फोहोरबाट निस्केको लिच्चड खोलामा मिसिँदा खेतबारीमा उब्जनी हुन छाडेको गुनासो गरे । उत्पादन भएको फलफूल तरकारी समेत फोहोरमा उत्पादन भएको भनेर कसैले किन्न नमान्ने गरेको गुनासो कृषकहरूको छ । यस क्षेत्रका किसानहरू लगाएको अन्नबाली र फलफूलहरूमा किरा र डढुवा लाग्ने गरेको बताउँछन् । 

स्थानीय किसान कृष्णहरी ढुंगानाले बञ्चरेडाँडामा फालेको फोहोरको दुर्गन्धले कृषि उत्पादनमा ह्रास आउन थालेको गुनासो गरे । उनले फोहोरको दुर्गन्धले किसानहरूले उत्पादन गरेको कृषिबाली र फलफूलहरूमा किरा लाग्ने गरेको उल्लेख गरे ।

किसानहरूले लगाएको आलु, काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरूमा किराहरू लागेर बाली नष्ट गर्ने गरेको बताए । दुर्गन्ध थपिएपछि बस्ती स्थानान्तरणको माग गरेका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro