site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थतन्त्र समस्यामा छ भन्ने विषयलाई सरकारले स्वीकार गर्नुपर्छ : अग्रवाल
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा छ भन्ने विषयलाई सरकारले स्वीकार गर्नुपर्ने बताएका छन् । 

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष अग्रवालले समाधानको लागि गम्भीर पहल तत्काल थाल्न आवश्यक रहेको बताए ।

उनले अर्थतन्त्र समस्यामा छैन भन्दै गर्दा सरकारले जीडीपीको तथ्यांक किन सार्वजनिक नगरेको ? भन्दै प्रश्न गरे । सामूहिक कर्जामा सुक्ष्म निगरानीका सम्बन्धमा केन्द्रीय बैंकले लगाएको अंकुशले अर्थतन्त्र र व्यवसायिक वातावरण प्रतिकूलतासँगै अव्यवहारिक रहेको बताए । अर्थतन्त्र सुधारको विषयमा भगवान भरोसामा नबस्न सरकारलाई आग्रह गरे ।

उनले भने, “अर्थतन्त्रका सकारात्मक रहेका सूचकहरूमा विमति छैन । अर्थतन्त्र समस्यामा छ भन्ने विषयलाई सरकारले स्वीकार गरी समाधानको लागि गम्भीर पहल थाल्नुपर्छ । अर्थतन्त्र समस्यामा छैन भन्ने हो भने सरकारले जीडिीपीको तथ्यांक किन सार्वजनिक गरेको छैन ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro