site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई थुनामा पठाउन आदेश
Sarbottam CementSarbottam Cement

विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । 

शर्मामाथि सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ । यससम्बन्धी मुद्दामा फरार शर्मालाई प्रहरीले शुक्रबार मोरङ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालले शर्मालाई थुनामा पठाउन आदेश दिएका हुन् । अदालतका सूचना अधिकारी ओम सुवेदीले प्रहरीले ठगी सम्बन्धी मुद्दामा शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराएको जानकारी दिए । 

शर्मालाई मोरङपछि कैलाली र त्यसपछि दाङ पठाइने छ । त्यहाँ पनि ठगी सम्बन्धी मुद्दा छ । शर्माले सञ्चालन गरेको सहकारीबाट सयौ बचतकर्ताले आफूहरू ठगीमा परेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । विराटनगरस्थित कार्यालय गत फागुनदेखि नै बन्द बन्छ । 

Global Ime bank

विराटनगरमा मुख्य कार्यालय रहेको सहभागीले २१ हजार बचतकर्ताको करिड डेढ अर्ब रुपैयाँ अपचलन गरी फरार रहेको अराोप छ । ठगी सम्बन्धी मुद्दामा सहकारी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवास पूर्पक्षका लागि थुनामा छने । सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा पनि शाखा कार्यालय सञ्चालन गरी बचत संकलन गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement