site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा छन् हमासजस्तै ११ हतियारधारी समूह, कुन समूह कस्तो ?

काठमाडौं । गाजामा झन्डै ११ वटा हतियारधारी समूह छन् । सबैभन्दा ठूलो शक्तिशाली हमासलाई मानिन्छ । अरू थुप्रै ससाना समूह छन्, जसमध्ये अधिकांश इजरायलविरुद्ध गठन भएका समूह हुन् ।

हमास : यसको स्थापना सन् १९८७ मा भएको हो । हमाससले सन् २००७ देखि गाजामा शासन गरिरहेको छ । हमाससँग इज अल–दिन अल–कसाम ब्रिगेड छ, जोसँग गएको अक्टोबर ७ अघिसम्म २० हजारदेखि ३० हजारको संख्यामा लडाकु थिए । हमासलाई इरानले आर्थिक सहयोग गर्छ । हमासको मुख्य उद्देश्य इजरायललाई नष्ट गर्नु हो  ।

Dabur Nepal
NIC Asia

प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) : पीआईजेको स्थापना सन् १९८१ मा भएको हो । यो पनि इरानसँग निकट छ । यस समूहसँग एक हजारदेखि आठहजार जनासम्म लडाकु रहेको विश्वास गरिन्छ । यो समूहले पनि इजरायललाई नष्ट गर्ने वाचा गरेको छ ।

अल–नासेर सलाह अल–दिन ब्रिगेड्स : यो तेस्रो ठूलो समूह हो, जुन हमास र पीआईजेको सहयोगी पनि हो । यसले गाजा प्रहरी बललाई सहयोग गर्छ । हमासले गर्ने आक्रमणमा यो समूह पनि संलग्न हुने गरेको छ ।

मुजाहिद्दीन ब्रिगेड्स : यो प्यालेस्टिनियन मुजाहिद्दीन मुभमेन्टको सैन्य बल हो, जुन गाजा र वेस्ट ब्याङ्क दुवैतिर सक्रिय छ । यसको इरानसँग पनि सम्बन्ध रहेको बताइन्छ ।

बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro