site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
इजरायली दूतावासले काठमाडौंमा देखायो हमासले आक्रमण गर्दाको दृश्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंस्थित इजरायली दूतावासले बुधबार अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा क्यामरामा कैद भएको भिडियो काठमाडौंमा प्रदर्शन गरेको छ ।

दूतावासमा आयोजना गरिएको कार्यक्रममा हमास आक्रमणको निन्दा गर्दै ४७ मिनेट लामो भिडियो देखाइएको थियो । कार्यक्रममा सांसद, पत्रकार र नीति निर्माताहरूलाई मिडियाले पहिले नदेखाइएका प्रमाणहरू हेर्न आमन्त्रित गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा हमासको आक्रमणबाट बाँचेर नेपाल फर्केका धनबहादुर चौधरीले गाजा सीमानजिकै रहेको किबुट्ज अलुमिममा भएको आक्रमणको आफ्नो डरलाग्दो अनुभव सुनाएका थिए ।

हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । “बिपिन जोशीलाई गाजापट्टीको अज्ञात स्थानमा बन्धक बनाएर राखिएको छ । जबकि, ६ जना नेपाली विद्यार्थीलाई विभिन्न चोटपटक लागेको थियो,” काठमाडौंस्थित इजरायली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Global Ime bank

हमासले अक्टोबरमा ७ मा गरेको आक्रमणमा एक हजार ४०० इजरायलीको मृत्यु भएको छ । त्यसपछि इजरायलले हमासमाथि गरेका आक्रमणमा परी १५ हजारभन्दा बढी प्यालेस्टिन मारिएका छन् ।

इजरायलमा आक्रमण गरेपछि हमासले २४० जनालाई बन्धक बनाएर गाजामा लगेका थिए, जसमा नेपाली विद्यार्थी बिपिन जोशी पनि रहेका छन् । हमासले पछिल्ला दिन केही बन्धकलाई मुक्त गरेको छ भने अझै १५५ जनालाई बन्धक बनाइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement