site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारप्रतिको आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजियो : सचेतक बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजिएको बताएका छन् ।

सचेतक बर्तौलाले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकहरूमा निराशा र आक्रोश बढेको बताएका हुन् । जनतामा सरकारप्रति निराशा र आक्रोश भएको भन्दै उनले सोही निराशा र आक्रोशलाई वर्तमान राजनीतिक प्रणालीको विरुद्धमा प्रयोग गर्न खोजिएको बताए ।

Dabur Nepal
NIC Asia

उनले आक्रोशित जनसमुदायलाई व्यवस्था विरोधी बनाउन र शासकिय प्रबन्धहरूलाई कमजोर बनाउन संगठित गर्न खोजिएको भन्दै त्यो कुरा दिवा सपना मात्रै हुने उनको भनाइ छ । व्यवस्था र संविधानका विरुद्धमा हुने गतिविधिहरूलाई निस्तेज पारिने पनि बताए । 

उनले भने, “सरकारले ठिक ढंगले डेलिभरी दिन नसक्दा, विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा सरकार स्वयं हिँड्न नसक्दा नागरिकहरूमा एक प्रकारको निराशा भयो । चरम महंगी छ । भ्रष्टाचार छ । तस्करी, कालोबजारी छ । त्यो नियन्त्रणमा आएन । जनताले प्रत्यक्ष त्यसको मार खेप्नु परेको अवस्था छ ।" 

व्यवस्था विरोधी स्वरहरू सुनिन थाल्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएको उनको भनाइ छ । ठूला राजनीतिक दलहरू मौन बस्दा सरकारले फेरि पनि अस्थिरता, अन्यौलता र अराजकताको खेती गरेको हो कि भन्ने आशंका उब्जिएको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro