site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा भारतीय मूलका नागरिक शून्य ! ६ लाख गैर आवासीय
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ६ लाख गैर–आवासीय भारतीयहरु छन् । 

विदेश मन्त्रालयले सार्वजनिक गरेको ‘विदेशमा रहेका भारतीयहरुको जनसंख्या’ विवरणमा भारतीयमूलका व्यक्ति नेपालमा एक जना पनि नभएको उल्लेख छ । 

विश्वका २१० देश तथा क्षेत्रमा गैर–आवासीय भारतीय र भारतीय मूलका व्यक्तिहरु रहेको विदेश मन्त्रालयले जनाएको छ ।  विश्वमा रहेका गैर–आवासीय भारतीयमध्ये ४.४१ प्रतिशतभन्दा बढी संख्या नेपालमा रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विदेश मन्त्रालयका अनुसार, ती देशमा एक करोड ३६ लाख एक हजार ७८० जना गैर–आवासीय भारतीय र एक करोड ८६ लाख ८३ हजार ६४५ जना भारतीय मूलका व्यक्ति गरी कुल तीन करोड २२ लाख ८५ हजार ४२५ जना भारतीयहरु विदेशमा छन् । यो तथ्याङ्क ५ नोभेम्बर, २०२३ सम्मको हो । 

विदेश मन्त्रालयका अनुसार, विदेशमा रहेका भारतीयमध्ये १५औं ठूलो संख्या नेपालमा छ । 

Global Ime bank

विदेशमा रहेका भारतीयमध्ये सबैभन्दा ठूलो संख्या क्रमशः अमेरिका, युनाइटेड अरब इमिरेट्स, मलेसिया, साउदी अरब, म्यानमार, बेलायत, क्यानडा, श्रीलंका, दक्षिण अफ्रिका, कुवेत, मौरिसस्, ओमान, कतार, सिंगापुर र नेपालमा रहेको छ । 

अमेरिकामा १२ लाख ८० हजार गैर–आवासीय भारतीय र ३१ लाख ८० हजार भारतीय मूलका गरी कुल ४४ लाख ६० हजार भारतीय रहेको जनाइएको छ । 

विदेश मन्त्रालयको विवरणअनुसार, दक्षिण एसियाली राष्ट्र श्रीलंकापछि सबैभन्दा ठूलो भारतीयको संख्या नेपालमा छ । श्रीलंकामा १४ हजार गैर–आवासीय भारतीय नागरिक र १६ लाख भारतीय मूलका व्यक्ति गरी कुल १६ लाख १४ हजार भारतीय जनसंख्या रहेको छ । 

दक्षिण एसियाली राष्ट्रमध्ये भुटानमा गैर–आवासीय भारतीयको संख्या ६० हजार छ ।  बंगलादेशमा गैर–आवासीय भारतीयको संख्या १० हजार ३८५ र भारतीय मूलका ६ जना गरी भारतीयको संख्या १०३९१ रहेको छ । 

यस्तै, अफगानिस्तानमा तीन हजार ८७ गैर–आवासीय भारतीय र १९ जना भारतीय मूलका व्यक्ति गरी कुल ३ हजार १०६ जना भारतीय रहेको उल्लेख छ । 

माल्दिभ्समा २५ हजार गैर–आवासीय भारतीय र १०८ जना भारतीय मूलका गरी कुल २५ हजार १०८ जना भारतीय रहेको तथ्याङ्कले देखाउँछ ।  पाकिस्तानमा गैर–आवासीय भारतीय र भारतीय मूलका व्यक्तिको संख्या शून्य देखाइएको छ । 

नेपालबाट ठूलो रेमिट्यान्स भारत जान्छ 

नेपालमा रहेका भारतीयले ठूलो रेमिट्यान्स भारत पठाउने गरेका छन् । एक अध्ययनले नेपालबाट सबैभन्दा बढी रेमिट्यान्स भारत जाने गरेको देखाएको छ ।  अमेरिकाको वाशिङ्टनमा रहेको अनुसन्धान संस्था पीयू रिसर्च सेन्टरले गरेको अध्ययनमा सन् २०१७ मा नेपालबाट भारतमा तीन अर्ब एक करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स गएको देखाएको थियो । 

हालको विनिमयदरमा यो भनेको ४ खर्ब २ अर्ब रुपैयाँभन्दा बढी हो ।  नेपालबाट बाहिरिने कूल रेमिट्यान्सको ९३.४९ प्रतिशत भारतमामात्र जाने गरेको पीयूको अध्ययनले देखाएको थियो । 

सन् २०१७ मा भारतबाट भने नेपालमा मात्र एक अर्ब २ करोड १० लाख अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो ।  भारतबाट भित्रिएको उक्त रेमिट्यान्स सोही वर्ष नेपाल भित्रिएको कूल रेमिट्यान्सको १४.६२ प्रतिशत थियो ।

अध्ययनमा सन् २०१७ मा ७२ देशबाट कूल ६ अर्ब ९७ करोड ९० लाख अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिएको देखाएको थियो ।  सन् २०१७ को पीयूको अध्ययनले एक वर्षमा जति रेमिट्यान्स भारतबाट नेपाल आउँछ त्यसको करिब तीन गुणा बढी नेपालबाट भारत जाने गरेको देखाएको छ । 

अध्ययनले भारतमा आठौं ठूलो रेमिट्यान्स नेपालबाट भित्रिने देखाएको थियो ।  युनाइटेड अरब इमिरेट्स, अमेरिका, साउदी अरब, कुवेत, कतार, बेलायत र ओमान पछि ठूलो रेमिट्यान्स भारतमा नेपालबाट भित्रिने गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय