अर्थ व्यवसाय
काठमाडौं । भाटभटेनी सुपरमार्केटले काठमाडौंको टंगालमा रहेको मुख्य स्टोरको विस्तारसँगै कर्पोरेट टावर निर्माण गर्ने भएको छ । टंगालमा बुधबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले टावर निर्माणको शुभारम्भ गरेका हुन् ।
भाटभटेनीका चिफ अपरेटिङ अफिसर पानु पौडेलले भाटभटेनीको टंगालमा रहेको स्टोर विस्तारसँगै कर्पोरेट कार्यालयको शुभारम्भ भएको जानकारी गराए ।
काठमाडौंको टंगालसहित देशका विभिन्न २७ स्थानमा भाटभटेनीका स्टोर सञ्चालनमा छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० १०:४९
प्रतिक्रिया दिनुहोस्