विदेश

काठमाडौं । चीनको उत्तरपूर्वी कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान सहरमा मंगलबार दिउँसो भएको कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २ः४० बजे दुर्घटना भएको हो । हेइलङजियाङ लङमे सुशांगेसान मिनिङ कम्पनी लिमिटेडको शुआङयाङ कोइला खानीमा चट्टान फुटेको कारण दुर्घटना भएको थियो ।
खोजी तथा उद्धार कार्य सम्पन्न भइ दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० ०९:३६
प्रतिक्रिया दिनुहोस्