site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मध्यपहाडी लोकमार्गमा एमालेको नजर किन ? 

काठमाडौं । प्रतिपक्षी एमाले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा होमिँदैछ ।  एमाले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभज्याङसम्म २२ दिने यात्रामा निस्कन लागेको हो । 

मंसिर १४ गते बिहान ८ः३० बजे अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर अभियानको सुरुवात गर्नेछन् । उक्त अभियान पुस ५ गतेसम्म अभियान चल्लेन छ । अभियानमा ५० लाख जनतासँग सात्क्षाकार गर्ने योजना एमालेको छ । 

पुष्पलाल राजमार्गको रुपमा चिनिने मध्यपहाडी लोकमार्ग १ हजार ८७९ किलोमिटर छ । यात्राका दौरान जनताका समस्या सुन्ने र उत्साह पैदा गरिने योजना रहेको नेताहरु बताउँछन् । आमसभा र भेटघाट कार्यक्रम बनाइएको छ । 

अभियान किन ?

एमालेले पहाड विकास र समृद्ध बन्न लाग्दा बसाईं–सराइ जारी रहेको भन्दै त्यसलाई रोक्न खोजेको नेताहरु बताउँछन् । 

Global Ime bank

“पूर्वाधार धमाधम बन्दैछन् । पहाड विकास र समृद्धिको हिसाबले अगाडि नै छ । मान्छे चाहिँ धमाधम बसाइ सर्नथाले,” एमाले पोलिट्ब्यूरो सदस्य विशाल भट्टराई भन्छन्, “हामीले पहाडप्रतिको आकर्षण सिर्जना गर्न खोजेका हौं । मध्यपहाडमा जे सुकै उत्पादन हुन सक्छ भन्ने सन्देश दिन्छौं । यसलाई प्राथमिकता दिऔं । राज्यले पनि ध्यान दिऔं भन्ने सन्देश दिन खोजेका हौं ।”

एमाले अध्यक्ष ओलीले अभियानबारे जानकारी दिन एउटा भिडियो सार्वजनिक गरेका छन् ।  जसमा स्थानीय सम्बन्ध विस्तार गरी राष्ट्रिय सन्देश दिन एमालेले अभियान गर्न लागेको जनाइएको छ । राजधानी र गाउँको दूरी घटाउन, सम्बन्धहरु बढाउन अभियानको उद्देश्य रहेको छ ।  

“नागरिक किन पलायन भइरहेका छन् ? समाजमा किन निराशा छ ? समस्याका कारणहरु के हुन् ?  समस्याहरुको समाधान निकाल्ने एउटा सामूहिक प्रयास,” ओलीले भिडियोमा भनेका छन् । 

लोकमार्गको श्रेय लिन ?

मध्यपहाडी लोकमार्गलाई पुष्पलाल राजमार्ग पनि भनिन्छ । राजमार्गको सुरुवातकर्ता आफ्नो पार्टी रहेको दाबी एमालेको छ ।  एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे अर्थमन्त्री रहँदा २०६६–६७ को बजेटबाट लोकमार्गको सुरुवात आफैँले गरेको जिकिर गर्छन् ।

मधेस आन्दोलन चर्कँदा एकतामा असर पर्छ भन्ने लागेर आफूले मध्यपहाडमा बाटो बनाउन बजेट छुट्याएको बताउँछन् । त्यतिबेला मधेसमा रहेका पहाडी समुदायहरु खेदिने अवस्था रहेको उनी स्मरण गर्छन् । 

“मधेसमा आन्दोलन चर्किरहको थियो । मधेसी समुदाय मात्रै होइन मधेसमा भएका पहाडी समुदायहरु विभिन्न रुपले विस्थापित भएर खेदिने स्थिति थियो,” उनी सम्झिन्छन्, “मानिसहरुले आफ्नो सम्पत्ति थोरै मूल्यमा बेचेर भाग्ने स्थिति बन्यो । कतिपयले त सित्तै छाडेर पनि हिँडे । सामाजिक द्वन्द्व स्थापित हुँदै थियो ।” 

उनी थप्छन् “मधेसमा आन्दोलन चलिरहेको थियो । मध्यपहाडको बाटो खोलिएन र मध्यपहाडको विकास भएन, मध्यपहाडमा नै जनसंख्या राख्ने स्थिति गरेनाँै भने देशकै स्थायित्व र एकतामा प्रतिकूल प्रभाव पार्छ भन्ने ठानेर मध्यपहाडी बाटो सुरु भयो,” उनी भन्छन्, “मैले नै सुरुवात गरेको हुँ ।”

मध्यपहाडी क्षेत्रमा १ हजार ७३० किलोमिटरको पुष्पलाल लोममार्गका लागि ०६६–६७ को बजेटमा ६१ करोड १७ लाख छुट्याइएको थियो ।  

उनका अनुसार, त्यतिबेला दुईवटा खण्ड पिचका लागि बजेट निकासा भएको थियो ।  घुर्मी र खुर्कोट खण्ड बुर्तिबाङ बाग्लुङ खण्ड   किलोमिटर त्यही बेलामा सुरुवात भयो ।  हेटौंडादेखि चतराको सडकका लागि चार अर्ब रुपैयाँ बजेट छुट्याइएको उनी बताउँछन् । 

लोकमार्गमा पर्ने जिल्लाहरुलाई केन्द्रित गरेर १० वटा शहर बनाउने घोषणा भएको थियो । 

पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी तनहुँको डुम्रे, बाग्लुङको बुर्तिबाङ, रुुकुमको चौरजहारी,  दैलेखेको राकम कर्णाली, अछामको साँफेबगर, बैतडीको पाटनलाई सहरको रुपमा विकास गर्ने घोषणा गरिएको थियो । 

नमुना सहर बनाउन सरकारले बजेट छुट्याउँदै आएको छ । वि.स. २०९१ सम्म एक–एक लाखको सहर बनाउने भनेर कार्यक्रम अघि बढाएको छ । पछिल्लो समय मध्यपहाडी लोकमार्गको अवधारणामा अपभ्रंस हुन गएको पाण्डेको भनाइ छ । तर, छोटोसयमै पक्की र सजिलो बाटो बन्नु उपलब्धि रहेको उनी बताउँछन् । 

“जहाँ डाँडो आउँछ सिँधा  छेडेर १ हजार किलोमिटरमा पूर्वपश्चिम पुग्नुपर्छ भन्ने थियो । स्थानीय स्वार्थ बोकेका नेताहरुले आफ्नो टोल, घर, जिल्ला जाने मोड दिने क्रममा यो नक्साकन अपभ्रंस भएको छ । यो लम्बिँदै गएछ । बाटो चाहिँ कहीँ पक्की र कहीँ राम्रो सडक बनिसकेको छ । त्यो ठूलो उपलब्धि हो,” उनी भन्छन्, “पूर्वपश्चिम राजमार्ग २० सालमा शिलान्यास भएर ०५३ सालमा पूर्ण भएको थियो । यो बाटो त १३–१४ वर्षको अवधिमा पूर्वदेखि पश्चिमसम्म बाटो बनेको छ । छोटो अवधिको उपलब्धि हो ।”

अर्थतन्त्रको केन्द्र बनाउन मार्गको घोषणा गरिएको उनी सुनाउँछन् । 

“त्यसको वरिपरी सहर बन्छन् । हाइड्रो पावरका लागि ‘एक्सेस रोड’ बन्छ । पर्यटनको विकास हुन्छ । मध्यपहाडी क्षेत्रमा हुने बाली विकास गर्न सकिन्छ । अर्थतन्त्रको सेन्टर मध्यपहाडी बन्नुपर्छ भन्ने उद्देश्यले घोषणा गरेको हो,” पाण्डेले बाह्रखरीसँग भने । 

उनले अनावश्यक बाटो मिलाउन र बन्न बाँकी बाटो विस्तार गर्न आगामी दिनमा सहज होस् भन्ने हेतुले पनि यात्रा गर्न लागिएको बताए । 

“बंग्याएका बाटालाई सिँधा बनाएर जान सक्छौं । राष्ट्रको बजेट पनि बढ्दै जाला । बाटा सोझो बनाउँदा ‘इकोनोमिक लाइफलाइन’ नै यो हुन्छ र बीचमा यो शहरहरु बन्छन् । त्यसैले पनि यात्रा गर्न  लागिएको हो,’’ उनी भन्छन् । 

पछिल्लो समय जग्गा खेतीका लागि भन्दा पनि किनबेच गरेर मुनाफाको क्रम बढेको भन्दै पहाडमा पनि त्यो उपयुक्त हुन सक्ने उनी बताउँछन् ।  जमिन किनबेचका लागि तराई झरिरहनु भन्दा उद्योगधन्दा र ठूला फार्महरुका लागि पहाडी जमिन पनि उपयुक्त हुन सक्ने उनी बताउँछन् । 

एमालेले पुष्पलाल लोकमार्गको श्रेय लिन खोजेको चर्चा भइरहेको छ । पाण्डे यथार्थ कुराको श्रेय लिइरहननपर्ने बताउँछन् । 

“कुुरो त धेरै अघिदेखि हुँदै आएको थियो । मनमोहनजीको सरकारमा पनि पहाडमा एउटा सरकार बनाउनुपर्छ भन्ने कुरा भएको हो,” उनी भन्छन्, “धेरैपटक धेरै कुरा भए । सुरुवात भएको थिएन । मध्यपहाडी मैले नै सुरु गराएँ । सुरुवात गराएको कुरालाई हो भनिरहन पर्छ र ?” 

मध्यपहाडमा बन्न लागेको सहरमा एमालेले नजर लगाएको छ ।  एमालेले आगामी निर्वाचनको तयारीका लागि पनि अभियान सञ्चलान गरेको छ ।  यसअघि २०७४ मा एमालेले मेची–महाकाली अभियान चलाएको थियो । अब एमालले मध्यपहाडी अभियान चलाउन लागेको हो । 

कोसी प्रदेशको नामांकरण विवाद टुंगिएको छैन । नामकरणको विषयमा पहिचावादीहरुले एमाले नेताहरुको गाडीमा आक्रमण गर्दै आएको एमालेकै केही नेताहरुको दाबी छ । केही दिनअघि गृहजिल्ला ताप्लेजुङमा एमालेका सचिव योगेश भट्राईको गााडीमा तोडफोड  पनि उनीहरुबाटै भएको आरोप लगाइए पनि पुष्टि भने हुन सकेको छैन ।

एमालेमाथि प्रहार भइरहेको बेला एमालेले अभियान पाँचथरको चिवाभज्याङ पुगेर अन्य गर्नेछ । जनतामा फैलिएको भ्रम चिर्ने कोसिस भइरहेको नेताहरु बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu