site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाले गरे तीन भातृसंस्थामा अध्यक्ष नियुक्त
प्रकाश पन्थ । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन भातृसंस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।

नियमित महाधिवेशनको म्याद सकिएर स्वतः विघटन भएका नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ र राष्ट्रिय लोकतान्त्रिक अपांग संघमा अध्यक्ष नियुक्त गरिएको हो ।

Dabur Nepal
NIC Asia

देउवाले प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका नेता बालकृष्ण दाहाललाई नियुक्त गरेका छन् । ०३१ सालमा जेलमा सार्ने बहानामा पञ्चायत सरकारबाट गोली हानेर हत्या गरिएका लीलानाथ दाहाका छोरा बालकृष्ण गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवका रूपमा लामो समय काम गरेका व्यक्ति हुन् ।

देउवाले भूतपूर्व सैनिक संघको अध्यक्षमा कपिलवस्तुका मेघरा टण्डन र लोकतान्त्रिक अपांग संघको अध्यक्षमा राष्ट्रियसभाको सुशासन समितिका सभापति समेत रहेका प्रकाश पन्थलाई नियुक्त गरेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

akfdmg-1701162433.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro