site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मनकामना केबलकार २६औँ वर्षमा, डिजिटल प्रविधिमा स्तरोन्नति गरिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनकामना केबलकार २६ वर्षमा प्रवेश गरेको छ । मनकामना दर्शन प्रालिले २५ वर्ष पहिले आफ्नो सेवा सुरु गरेको थियो । केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए ।

सञ्चालक श्रेष्ठका अनुसार कम्पनीको व्यावसायिक योजनाअनुसार यही वर्षभित्र एक अर्ब रुपैयाँ लागतमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिनेछ । हाल एनालग प्रविधिमार्फत सञ्चालन हुँदै आएको केबलकारको स्पेयर पार्ट्स पाउन कठिनाइ भएकाले डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार अष्ट्रियाको डिप्पेलमेयर कम्पनीको डी–कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति गरिनेछ । जसमा पहिलो चरणको काम सम्पन्न भइसकेको छ, बाँकी चरणको कामहरु आगामी भदौ, असोज महिनासम्म सम्पन्न गरिने श्रेष्ठले जानकारी दिए ।

“हाल पहिलो चरणको काम सम्पन्न भइसकेको छ । भदौ÷असोजसम्म सम्पन्न हुन्छ । यसको लागि समान मनाइसेकेका छौँ, केही सामान आइसकेको छ,” श्रेष्ठले भने, “अबको चरणमा कन्ट्रोल सिस्टम, कम्युनिकेसन केबलको साथै केबलकारको केबुल लठ्ठा फेरिनेछ ।”

Global Ime bank

स्तरोन्नति गर्न करिब ४५ करोडको लगानी हुनेछ ।

यस्तै, सन् २०२५ देखि सुरु हुने गरी मनकामना केबलकार हाताभित्र नै रिसोर्ट निमार्ण कार्य भइरहेको छ । ४० कोठाको रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा, सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुने श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार रिसोर्टको लागत ५५ करोड रुपैयाँ हुनेछ ।

यो रिसोर्ट सञ्चालनमा आएसँगै मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य वनाउने लक्ष्य रहेको सञ्चालक श्रेष्ठले बताए ।

सुरुआती वर्षमा तीन÷चार लाख यात्रु सेवा सुरु गरेकोमा हाल वार्षिक ११ लाख यात्रु पुगेको छ । यस केबलकारमार्फत गोरखास्थित मनकामना मन्दिरमा दर्शन गर्ने भक्तजन जान्छन् ।  यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको श्रेष्ठ बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC