राजनीति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ ।
गएको शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै प्रहरीको ‘घेराबन्दी’मा परेको भन्दै समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए ।
यता, प्रसाईं सार्वजनिकस्थलमा खुलेयाम भाषण गर्दै हिँडिरहेका छन् । उनी शनिबार पनि कार्यक्रममा सहभागी भएका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८० ११:०८
प्रतिक्रिया दिनुहोस्