site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विनोदको ‘ससुरालीदेखि सुस्तासम्म’ सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पाल्पास्थित धवल पुस्तकालयको आयोजनामा सम्पन्न एक कार्यक्रममा साहित्यकार विनोद नेपालको नियात्राकृति ‘ससुरालीदेखि सुस्तासम्म’ सार्वजनिक गरियो ।

पाल्पामा शनिबार कृतिको विमोचन गर्दै साहित्यकार चोलेश्वर शर्माले नेपालको लेखनीको चर्चा गरे । सार्वजनिक कृतिमाथि समीक्षा गर्दै डा. शंकरप्रसाद गैरेले कृतिमा निहित विषयवस्तु र लेखहरूको प्रकृतिबारे प्रकाश पारे ।

कार्यक्रममा क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई, लेखक विनोद नेपाल, जीवनबहादुर थापालगायतले बोले ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्