site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आवश्यक परे देशको रक्षाका लागि हजारौँ मानिसलाई सडकमा उताछौँ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले आवश्यक परे देशको रक्षाका लागि हजारौँ मानिसलाई सडकमा उतार्ने बताएका छन् । 

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बस्नेतले बिहीबार युवा संघले राजधानी केन्द्रित कार्यक्रम मात्रै गरेको भन्दै आवश्यक परे देशको रक्षाका लागि सिटी बजाएकै भरमा हजारौँ मानिसलाई सडकमा उतार्ने बताए । 

Argakhachi Cement Island Ad

उनले अब रचनात्मक काम गर्ने गरी तयारी भइरहेको जानकारी दिए । नेता बस्नेतले एमालेमाथि सामाजिक सञ्जालबाट प्रहार भइरहेकाले साइबर सर्कललाई व्यवस्थित गर्नुपर्ने बेला आएको जिकिर गरे । 

एमालेविरुद्ध निरन्तर प्रहार भइरहेको अवस्थामा युथ फोर्सलाई जगाउनुपर्ने आवश्यकता देखिएको धारणा राखे । बस्नेतले पार्टी प्यालेसबाट महिलालाई निकालेको घटनामा एमालेलाई जोडेर गलत ढंगले व्याख्या गरिएको तर्क गरे ।

बस्नेतले गलत बाटोमा मुलुक जान खोजेको अवस्थामा सही ढंगले मुलुकलाई अघि बढाउन युवा संघभित्रको एकता र शुद्धीकरणलाई मजबुद बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्